भद्रपुर ३,कात्तिक / आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशन गरेको राजवंशी जाति सम्बन्धी दुई महत्त्वपूर्ण कृतिको भद्रपुरमा विमोचन गरिएको छ।
राजवंशी समाज विकास समिति रासविस.,जिल्ला कार्य समिति झापाको आयोजनामा भद्रपुर नगर पालिकाको सभाहलमा आज ‘ कोच राजवंशी जातिको चिनारी ‘ र ‘ राजवंशी नेपाली शब्द संग्रह ‘ नामक कृतिको विमोचन गरिएको हो ।
कोशी प्रदेशका भौतिक तथा योजना राज्य मन्त्री भूमिप्रसाद राजवंशीले दुवै कृतिको विमोचन गर्दै कृतिका लेखकहरूलाई दोसल्ला ओढाएर सम्मान समेत गर्नुभएको थियो।
‘ कोच राजवंशी जातिको चिनारी ‘ नामक पुस्तक रणकुमार राजवंशी,पानीलाल राजवंशी,लखनलाल राजवंशी,दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीको साथमा टेकनारायण राजवंशीले लेख्नु भएको हो भने ‘ राजवंशी नेपाली शब्द संग्रह ‘को सङ्कलन र सम्पादन पानीलाल राजवंशीले गर्नुभएको हो।
रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षता भएको पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी,भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी, वडाअध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक- सम्पादकले पनि मन्तव्य राखेका थिए।
रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन
सोहनलाल राजवंशीले गर्नुभएको थियो ।