• Sun. Sep 8th, 2024

युवा उद्यमी उज्ज्वललाई युवा संघको सम्मान

BySaptahik Samachar

१० भाद्र २०८०, आईतवार २०:०३ १० भाद्र २०८०, आईतवार २०:०३ १० भाद्र २०८०, आईतवार २०:०३

भद्रपुर १०, भदौ / झापा भद्रपुर निवासी युवा उद्यमी उज्ज्वल श्रेष्ठ सम्मानित हुनुभएको छ । श्रेष्ठलाई राष्ट्रिय युवा संघ भद्रपुर नगर कमिटीले सम्मान गरेको हो।

युवा संघले दोस्रो नगर अधिवेशनको अवसरमा आइतबार आयोजित समारोहका बीच श्रेष्ठलाई प्रेरक युवा उद्यमीका रुपमा सम्मान गरेको हो ।
समारोहका प्रमुख अतिथि राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले श्रेष्ठलाई दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
पिता यमबहादुर श्रेष्ठले सञ्चालन गरेका उद्योग–व्यवसायलाई विस्तार र व्यवस्थित ढङ्गले निरन्तरता दिँदै आउनुभएका युवा उद्यमी श्रेष्ठले पिताको पदचापलाई पछ्याउँदै दुई दशकभन्दा लामो समयदेखि उद्योग–व्यवसाय क्षेत्रमा क्रियाशील सफल व्यवसायी हुनुहुन्छ ।
भद्रपुर ४ मा स्थापित धान–चामलको आधुनिक मिल गणेश एग्रोका सञ्चालक श्रेष्ठ धान–चामललगायत चिया र दाना उद्योगमा पनि संलग्न हुनुहुन्छ । सफल युवा उद्यमीका रुपमा परिचित र सम्मानित श्रेष्ठ रोटरी, लायन्सजस्ता सामाजिक संस्थामार्फत सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *