• Sun. Oct 26th, 2025

यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध

BySaptahik Samachar

३ कार्तिक २०८१, शनिबार १८:०४ ३ कार्तिक २०८१, शनिबार १८:०४ ३ कार्तिक २०८१, शनिबार १८:०४

भद्रपुर ३,कात्तिक / भद्रपुर छेउ मेची खो‌लामा लाग्दै आएको छैठ पर्वको मेलालाई यस बर्ष विगतभन्दा भव्य र सभ्य ढंगले सम्पन्न गर्ने तयारी भएको छ।

छैठ मनाउने बिषयमा भद्रपुरमा भएको अन्तरक्रियामा भद्रपुर नगरप्रमुख गणेश पाेखरेलले नगरको बजेट घाटामै रहेको भए पनि सवै जात जाति र समुदायको साझा पर्वको रूपमा विकास र विस्तार हुँदै गएको छैठ मेलाको व्यवस्थापनका लागि विगतको अनुभवबाट यसबर्ष बजेट बृद्धि गरेको बताउनु भयो। उहाँले भन्नुभयो-‘ पूजा स्थल निर्माणको लागि जेसिभी र अन्य स्रोत साधन उपलब्ध गराउन नगर पालिकाले कुनै कमी गर्दैन।’
मैथिल समाज झापाको आयोजनामा ५ नम्बर वडा कार्यालयको सभाहलमा शुक्रवार भएको अन्तरक्रियामा छैठ मेलाको व्यवस्थापनमा संलग्न युनिक समूह, बलभद्र युवा क्लब लगायत राजनीतिकर्मी, समाजसेवी,
बुद्धिजीवी र धर्मानुरागीहरूको उपस्थिति थियो।
   समाजका झापा अध्यक्ष रमेशचन्द्र झाको अध्यक्षतामा भएको अन्तरक्रियामा सञ्चारकर्मी दीपक अधिकारी, नेकपा.एमालेका शिवकुमार राजभण्डारी,नेकपा.
माओवादीका पुकार राजवंशी र डिल्लीराम घिमिरे’हिक्मत’, वडाअध्यक्ष गौरव सुब्बा ‘मनोज’,पूर्व नगरप्रमुख भारतेन्दुकुमार मल्लिक र नगरप्रमुख पाेखरेलले आयोजकहरूबीच समन्वय र सहकार्य गरेर पूजा र मेलालाई भव्यता प्रदान गर्न सुझाव दिएका थिए।
यदुनन्दन साह रौनियार,स्वर्णिका सिंह,बलदेव साह,नारद राजवंशी समेतले धारणा राखेको अन्तरक्रियाको सहजीकरण मैथिल समाजका सचिव सुशिल कर्णले गर्नु भएको थियो।

11 thoughts on “यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध”
  1. I discovered your blog site on google and check a few of your early posts. Continue to keep up the very good operate. I just additional up your RSS feed to my MSN News Reader. Seeking forward to reading more from you later on!…

  2. Pretty section of content. I simply stumbled upon your weblog and in accession capital to assert that I get in fact loved account your weblog posts. Any way I’ll be subscribing in your feeds or even I success you access persistently quickly.

Leave a Reply

Your email address will not be published. Required fields are marked *