
भद्रपुर २ चैत / मधेस र पहाडमा अलग अलग दुई दिन ऍजीवनकुमार सार्वजनिक विदा दिएर मनाइने होली पर्वको रौनक झापामा एक हप्ता अघिबाटै सुरु हुन्छ। विशेष गरेर तराईमा बसोवास गर्ने मधेसी मूलका मानिसहरूले होलीलाई मुख्य चाडका रूपमा मनाउँदै आएका छन्।
यस क्रममा हिजो भद्रपुरमा मैथिल समाज झापाको आयोजनामा एक आपसमा रंग खेलेर होली मिलन समारोह मनाइएको छ। भाइचारा अभिवृद्धि र एक अर्कामा शुभकामना आदान प्रदान गर्दै स्थानीय मोहपाल धर्मशालामा मनाइएको होली मिलन समारोह भद्रपुर नगरपालिकाका पूर्व प्रमुख भारतेन्दुकुमार मल्लिकको प्रमुख आतिथ्य र मैथिल समाजका झापा अध्यक्ष रमेशचन्द्र झाको सभापतित्वमा भएको हो।
होली मिलन समारोहमा प्रमुख अतिथि मल्लिक सहित मेची अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा.पिताम्बर ठाकुर,भद्रपुर नगरपालिकाका ५नं.वडा अध्यक्ष बन्धु कार्की, सन्चारकर्मी गोपाल गिरी,विजय यादव र उमाशंकर कर्ण लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
समाजका पूर्व अध्यक्ष बलदेव साहले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव शुशील कर्णले गर्नुभएको थियो। होली पर्वका अवसरमा सरकारले पहाडमा चैत्र ३ गते र तराईमा ४ गते सार्वजनिक विदा दिएको छ।
Your article helped me a lot, is there any more related content? Thanks!
Your article helped me a lot, is there any more related content? Thanks!
Özellikle öğrenci ve olgun escort kategorilerinde oldukça geniş bir portföy sunuyorlar. Çankaya’da tercih edilecek tek adres.
Ankara’da hem yerli hem yabancı model seçenekleriyle böyle bir siteye denk gelmek nadir. Ankara escort pazarında bir numara.