५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले आज शुक्रबार एक संक्षिप्त कार्यक्रमकाबिच वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरेसँगै मेची पुल पारी प्रहरी विटमाथि तीन मिटर अग्लो झन्डा फहराइएको छ । झन्डा फहराउने कार्यक्रममा वडाका जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको पनि उपस्थिति रहेको थियो ।
यसअघि भद्रपुर नाकामा राष्ट्रिय झन्डा राखिएको थियो। तर, पुरानो भएर च्यातिएपछि त्यसलाई हटाइएको थियो । लामो समयदेखि सीमा नाकामा राष्ट्रिय झन्डा नहुँदा देशको भूभाग छुट्याउने पहिचान नै मेटिएको भन्दै राष्ट्रिय झण्डा राखिएको ५ नं.वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिनुभयो।
भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नवनिर्मित मेची पुल पारी प्रहरी विटको निर्माण गरिएको छ । सो प्रहरी बिटको उद्घाटन गरिए पनि विटमाथि राष्ट्रिय झन्डा राखिएको थिएन । वडा अध्यक्ष कार्कीले भन्नुभयो – आफ्नै वडामा पर्ने जिल्लाकै दोस्रो ठुलो सीमा नाकामा राष्ट्रिय झन्डा नभएकोले वडा कार्यालयले सो झन्डा खरिद गरेर दिएको हो। यसले राष्ट्रको गौरवसँगै सीमा पहिचानको झल्को दिने उहाँको भनाई छ ।
Gizlilik, temizlik, iletişim… Her şey dört dörtlüktü. Özellikle Çankaya escort profilleri çok zarif ve dikkat çekiciydi.
Çankaya’da bir süredir aradığım kaliteli ve güvenilir deneyimi nihayet bu sitede buldum. Çankaya escort arayanlara kesinlikle tavsiye ediyorum.