• Sun. Sep 8th, 2024

मानव बेचबिखन विरुद्ध साना हातहरु नेपाल

BySaptahik Samachar

१८ चैत्र २०७८, शुक्रबार २१:०८ १८ चैत्र २०७८, शुक्रबार २१:०८ १८ चैत्र २०७८, शुक्रबार २१:०८
    भद्रपुर १८ चैत / साना हातहरु नेपाल भद्रपुरको आयोजनामा भद्रपुर-८ को भद्रशिवा भगवती मन्दिरमा मानब बेचबिखन तथा ओसारपसार बिरुद्धको एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
    भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष जगत वाग्लेको अध्यक्षतामा भएको कार्यक्रमको विशिष्ट अतिथि भद्रपुर नगरपालिकाका ८ नम्बर  वडा अध्यक्ष मनोज सुब्बा हुनुहुन्थ्यो। स्टेशन म्यानेजर बिक्रम वाग्लेले संस्थाको कार्य बारे प्रष्ट पार्दै कार्यक्रममा स्वागत मन्तव्य पनि राख्नु  भएको कार्यक्रमको संचालन अनिल लिम्बूले गर्नु भएको थियो ।
  कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ सहित विशिष्ट अतिथि वडा अध्यक्ष सुब्बा,पुर्ब डिएसपी तथा जेष्ठ नागरिक भद्रपुरका उपाध्यक्ष धनप्रसाद शिवाकोटी,मानब अधिकारका लागि महिला एकल महिला अध्यक्ष रेखा अधिकारी ,भद्रशिवा आमा समूह अध्यक्ष प्रमिला कोइरालाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।अधिबक्ता भीम बराल ,वडा प्रहरी कार्यालय भद्रपुरका प्रमुख दलकुमार राई र भद्रपुर नगरपालिकाका सामाजिक शाखा प्रमुख जीवनकला राउतले बैदेशिक रोजगार ,मानब बेचबिखन तथा ओसारपसार ,लैगिक हिंसा र यसका कानुनी पाटोको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *