• Sun. Sep 8th, 2024

मल्लिक राप्रपामा प्रवेश /कांग्रेसलाई धक्का

BySaptahik Samachar

२ कार्तिक २०७९, बुधबार १८:२२ २ कार्तिक २०७९, बुधबार १८:२२ २ कार्तिक २०७९, बुधबार १८:२२

भद्रपुर २,कात्तिक / भद्रपुर नगरपालिकाका पूर्वमेयर भारतेन्दुकुमार मल्लिकले नेपाली कांग्रेस छाड्नु भएको छ। उहाँ बुधबार राप्रपामा प्रवेश गर्नुभएको हो ।
भद्रपुर स्थित मोहपाल धर्मशालामा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपा प्रवेश गरेका मल्लिकलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गर्नुभएको हो।
मल्लिक नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा महासमिति सदस्य हुनुहुन्थ्यो।

भद्रपुर नगरपालिकाको दुई कार्यकाल मेयर रहनु भएका झापा क्षेत्र नम्बर ३ का कांग्रेस नेता उहाँको राप्रपा. प्रवेशले कांग्रेसलाई केही धक्का लागेको छ भने राप्रपालाई केही फाइदा पुग्ने देखिन्छ। सद्भावना र मधेसी जनअधिकार फोरम हुँदै अहिले कांग्रेसमा रहेका मल्लिक अहिले कांग्रेससंग असन्तुष्ट हुँदै राप्रपा प्रवेश गर्नुभएको हो। कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला र राप्रपाबाट लिङ्देन ३नं. क्षेत्रको प्रतिनिधि सभाको चुनावी मैदानमा हुनुहुन्छ । कांग्रेस नेता सिटौला पक्षले आफूलाई भाउ नदिएको नेता मल्लिकको आरोप छ।

2 thoughts on “मल्लिक राप्रपामा प्रवेश /कांग्रेसलाई धक्का”

Leave a Reply

Your email address will not be published. Required fields are marked *