भद्रपुर १८,माघ/ मरिसस विरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल पनि नेपालले जितेको छ।दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले १-० को गोल अन्तरले जितेको हो । नेपालका लागि १० औं मिनेटमा सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए ।गत शनिबार भएको पहिलो खेलमा पनि नेपालले १-० को गोल अन्तरले जितेको थियो । मंगलबार दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफ निकै तनावपूर्ण रह्यो । खेलको दोस्रो हाफमा मरिससका दुई र नेपालका एक खेलाडीले रातो कार्ड पाएका थिए । यस्तै नेपाल र मरिससका खेलाडीबीच तनाव उत्पन्न भएपछि मैदान प्रवेश गरेका नेपाली टोलीका म्यानेजर मधुसुदन उपाध्यायलाई समेत रातो कार्ड दिइएको थियो ।अफ्रिकी देश मरिसससँग पहिलो पटक नेपालले मैत्रीपूर्ण खेल आयोजना गरेको हो । Post Views: 320 Post navigation स्वास्थ्य स्वयंसेविकालाई साइकल हस्तान्तरण फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पत्रकार महासंघ झापाका निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले गर्यो सम्मान ५ पुष २०८१, शुक्रबार २०:२९