• Wed. Nov 12th, 2025

मन्दिर समितिको पुनर्गठन

BySaptahik Samachar

२३ कार्तिक २०८२, शनिबार १७:४४ २३ कार्तिक २०८२, शनिबार १७:४४ २३ कार्तिक २०८२, शनिबार १७:४४

भद्रपुर २२, कार्तिक / झापा,भद्रपुर-७ विषम टोलमा अवस्थित नवदुर्गा मन्दिरको पाँचौं साधारण सभाले यादव पोखरेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति पुनर्गठन गरेको छ। सर्वसम्मत गठित कार्य समितिको उपाध्यक्षमा शान्तिदेवी उपाध्याय र निर्मला प्रसाईं,सचिव उत्तम सुवेदी, सह सचिव अर्जुन राजवंशी, र कोषाध्यक्ष अनिता बिमली चयन हुनुभएको छ।
त्यसैगरी,सदस्यहरूमा बिनिता मैनाली,बबिता श्रेष्ठ, मिरा तिम्सिना,रुपा ओली,पूर्ण लिम्बू,प्रमिला राजवंशी, यसोदा प्रसाईं,डिल्लीप्रसाद खतिवडा, डिल्ली राजवंशी, कमला बराल र खगेन्द्र निरौला रहनु भएको छ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा आज भएको साधारण सभामा नगर प्रमुख पोखरेल, उप प्रमुख राधा कार्की, वडा अध्यक्ष अभिषेक ढुङ्गाना,नवराज घिमिरे,प्रेम पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। अध्यक्ष यादव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उत्तम सुवेदीले गर्नुभएको थियो।

3 thoughts on “मन्दिर समितिको पुनर्गठन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *