भद्रपुर 27, माघ / प्रदेश एकका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीलाई भद्रपुर गौशालाले स्वागत तथा सम्मान गरेको छ।नवनियुक्त मन्त्री सरावगीलाई विहीबार गौशालामा आयोजित संक्षिप्त कार्यक्रममा स्वागत सम्मान गरिएको हो। झापा भद्रपुर निवासी उहाँ नेपाली काँग्रेसको कोटाबाट प्रदेश एकको हालै विस्तारित मन्त्रिमण्डलमा मन्त्री नियुक्त हुनुभएको हो। मन्त्री सरावगी सो गौशालाको पूर्व अध्यक्ष समेत हुनुहुन्छ। भद्रपुर गौशालाले आयोजना गरेको कार्यक्रमको अध्यक्षता गौशालाका अध्यक्ष राजेन्द्र चापागाईँको सभापतित्वमा भएको थियो भने स्वागत गौशालाका संरक्षक जगदीशप्रसाद मिण्डाले र कार्यक्रम सञ्चालन सचिव पारसनाथ यादवले गर्नुभएको थियो। Post Views: 358 Post navigation सडक दुर्घटनामा झापामा दुई जनाको मृत्यु! ओमान माथि नेपालको जीतः दीपेन्द्रको उत्कृष्ट ब्याटिङ
अमलाकाण्ड’ भनेर सामाजिक संजालमा मजाक बनाइएको यौन अपराध, अनुसन्धानका लागि वृद्ध प्रहरी नियन्त्रणमा २२ माघ २०८१, मंगलवार ०५:३८