• Tue. Dec 24th, 2024

मतदाता नामावली अद्यावधिक गर्न सूचना जारी

BySaptahik Samachar

१५ फाल्गुन २०७८, आईतवार १८:४९ १५ फाल्गुन २०७८, आईतवार १८:४९ १५ फाल्गुन २०७८, आईतवार १८:४९

भद्रपुर, १५ फागुन । स्थानीय तहको निर्वाचन घोषणा भए संगै जिल्ला जिल्लामा अन्तिम पटक दावी विरोध सहित मतदाता नामावली अद्यावधिक गर्न सूचना जारी भएको छ।
मतदाता नामावली अद्यावधिक गर्न झापा जिल्लामा फागुन १९ देखि २३ गतेसम्मको अवधि प्रदान गर्दै सूचना जारी भएको हो।
मतदाता नामावलीमा शुध्दता ल्याउने प्रयोजनका लागि त्रुटि सच्याउन, झुटो विवरण दिई नाम समावेश गरेको भए प्रमाण सहित दावी बिरोध गर्न, कुनै कारणले फरक फरक स्थानबाट नाम समावेश भई दोहोरो नाम उल्लेख भएमा र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताले अद्यावधिक गर्न सकिने गरी वडा वडामा मतदाता नामावली टाँस गरिने निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालले जानकारी दिनुभयो। सोका लागि १५ वटै पालिकाका १३१ वटा वडामा मतदाता नामावली टाँससँगै सोमा दाबी विरोध समेत हुने कार्यालयले जनाएको छ ।
झापामा पछिल्लो तथ्यांक अनुसार ६ लाख ५० हजार २५८ जना मतदाता रहेका छन् । झापाको मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै ९० हजार ८२६ मतदाता रहेका छन् भने सबैभन्दा कम गौरीगञ्ज गाउँपालिकामा २३ हजार ७४५ जना मतदाता रहेका छन् । जिल्लामा २८६ वटा मतदान स्थल र ७६० वटा मतदान केन्द्र रहने कार्यालयले जनाएको छ ।
मतदाता नामावली अद्यावधिकका लागि जिल्ला प्रशासन कार्यालय झापामा आज सर्वदलीय अन्तरक्रिया भएको थियो ।झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा भएको अन्तरक्रियामा जिल्ला निर्वाचन कार्यालयले मात्र मतदाता नामावली अद्यावधिक गर्ने व्यवस्था भएको जनाइएको थियो। अन्तरक्रियामा सहभागी राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *