• Fri. Oct 18th, 2024

मंसीर ७ : दुर्गा प्रसाईं र युवा संघको छुट्टाछुट्टै प्रदर्शन

BySaptahik Samachar

२७ कार्तिक २०८०, सोमबार १४:०४ २७ कार्तिक २०८०, सोमबार १४:०४ २७ कार्तिक २०८०, सोमबार १४:०४

सामाजिक अभियन्ता दुर्गाप्रसाद प्रसाईंले भ्रष्टाचार, कमिशनखोरी, राज्यको स्रोत–साधनमा नेताहरूको दोहन, बैंकहरूको चर्को ब्याज आतंक, देशको सम्पत्ति अवैध तवरले केही नेताहरूले विदेशमा थुपारेको, मुलुकको अर्थतन्त्र करीब एक दर्जन व्यापारिक घरानाको कब्जामा रहेको र सरकारले तिनैलाई संरक्षण गरिरहेको जस्ता जल्दनबल्दा विषयलाई लिएर मंसीर ७ गते काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।
मेडिकल व्यवसायी समेत रहेका प्रसाईंले एमाले अध्यक्ष केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले र उसको भातृ संगठन युवा संघ प्रसाईं विरुद्ध मैदानमै उत्रिएको छ । पछिल्लो समय प्रसाईंका गतिविधि विरुद्ध युवा संघ चर्को विरोधमा उत्रिएको छ । त्यसैले काठमाडौंमा प्रसाईंले बृहद् जनप्रदर्शन एवम् विरोधसभा गर्ने दिन नै युवा संघले पनि जनप्रदर्शनको तयारी गरेको जनाएपछि मूठभेडको जोखिम बढेको छ ।
यद्यपि राष्ट्रिय युवा संघले पनि मुलुकमा सरकार भएको अनुभूति नभएको, दण्डहीनताले सीमा नाघेको, महंगी र अनियमितता तथा राज्यको अराजकता विरुद्ध मंसीर ७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भनेको छ ।

444 thoughts on “मंसीर ७ : दुर्गा प्रसाईं र युवा संघको छुट्टाछुट्टै प्रदर्शन”
  1. Sildenafil teva 100 mg sans ordonnance [url=http://vgrsansordonnance.com/#]Viagra generique en pharmacie[/url] Viagra vente libre pays

Leave a Reply

Your email address will not be published. Required fields are marked *