भद्रपुर २१,माघ /झापा, भद्रपुर – ८ को भानु प्राथमिक विद्यालयलाई कम्प्युटर, ह्वाइट बोर्ड र छात्र – छात्राका लागि स्टेशनरी सामग्री प्रदान गरिएको छ। बेलायतमा रहेको सेभ द स्कूल फाउन्डेसन नामक संस्थाले विद्यालयलाई प्रिन्टर सहित एक थान कम्प्युटर, ६ वटा ह्वाइट बोर्ड र मार्कर पेन तथा सोही संस्थाका सक्रिय सदस्य विनोद नेउपानेले कक्षा एकका छात्र – छात्रालाई एक वर्षसम्म पुग्ने स्टेशनरी उपलब्ध गराउनु भएको हो। ती सामग्रीहरू झापा, भद्रपुर – ८ का शिक्षासेवी घनेन्द्र शर्मा नेउपाने तथा धरणी नेउपानेको समन्वयमा संस्थाका सक्रिय सदस्य विनोद नेउपाने मार्फत विद्यालयलाई उपलब्ध भएको सो विद्यालयकी प्रधानाध्यापक सीता विमलीले जानकारी दिनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश जोशीको अध्यक्षता र भद्रपुर नगरपालिकाका ८ नं.वडा अध्यक्ष गौरव सुव्वाको प्रमुख आतिथ्यमा विहीबार भएको संक्षिप्त कार्यक्रममा विद्यालयलाई ती सामग्री हस्तान्तरण गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि सुव्वा सहित समन्वयकर्ता शिक्षासेवीद्वय घनेन्द्र शर्मा नेउपाने र धरणी नेउपानेले पनि मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयकी प्रधानाध्यापक सीता विमलीले गर्नुभएको जनाइएको छ। Post Views: 413 Post navigation प्रधानमन्त्रीसंग अन्तर्राष्ट्रिय रेडक्रस महासचिवको वार्ता पत्रकार धम्क्याउने प्रसाईंलाई महासंघको चेतावनी/कार्वाहीको माग
अमलाकाण्ड’ भनेर सामाजिक संजालमा मजाक बनाइएको यौन अपराध, अनुसन्धानका लागि वृद्ध प्रहरी नियन्त्रणमा २२ माघ २०८१, मंगलवार ०५:३८