• Mon. Feb 24th, 2025

भद्रपुर ६ नम्बर वडा अध्यक्ष राजवंशीद्वारा निम्न आय भएकालाई सिरक वितरण

BySaptahik Samachar

७ माघ २०८१, सोमबार १७:४८ ७ माघ २०८१, सोमबार १७:४८ ७ माघ २०८१, सोमबार १७:४८

हुनेसँग माग्ने नहुनेलाई बाँड्ने अभियान

भद्रपुर ७ ,माघ / झापा ,भद्रपुर नगर पालिकाको ६ नम्वर वडा कार्यालयले आफ्नो वडाभित्रका निम्न आय भएका परिवारलाई जाडोको लागि फाइवर सिरक वितरण गरेको छ। कमजोर आर्थिक अवस्थाका वडाबासीलाई राहत दिने उद्देश्यबाट प्रेरित भद्रपुर नगरपालिकाको ६ नम्बर वडा कार्यालयले त्यस्ता परिवार छनोट गरी ८२ थान फाइवर सिरक आज वितरण गरेको हो।

भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेलको प्रमुख आतिथ्य र ६ नम्बर वडाअध्यक्ष रतिया राजवंशीको अध्यक्षतामा सोही वडाको मन्त्री चोकमा आयोजित कार्यक्रममा विभिन्न दाताहरूलाई अनुरोध गरेर वडाबासीलाई जाडोबाट जोगाउन सिरक वितरण गरेको वडाअध्यक्ष राजवंशीले साप्ताहिक समाचारलाई बताउनु भयो। उहाँले भन्नुभयो-‘ हुनेसँगबाट मागेर नहुनेलाई वितरण गरेका छौं।

‘उहाँका अनुसार-दाताहरू माइकल चौधरी, सञ्जय घोष, गङ्गाप्रसाद पराजुली, कृष्ण मैनाली, हेमन्त चौधरी,पवन राजवंशी, शिवभरोस साह,दीपेन्द्र राई, अनिता-उत्तम राजवंशी, रतनबहादुर लिम्बू , महेन्द्र राजवंशी,मेरिया राजवंशी र पन्थ मेडिकल हलले सिरक उपलब्ध गराएका हुन् ।

उहाँले गत मङ्सिर २७ गते पनि यसैगरी दाता खोजेर ५० थान फाइवर सिरक वितरण गर्नुभएको थियो।
सिरक वितरण कार्यक्रममा नगर प्रमुख गणेश पाेखरेल,बुद्धिजीवी तथा सामाजिक व्यक्तित्व कृष्ण
मैनाली, दाताहरू माइकल चौधरी र अनिता राजवंशीले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा ६ नम्बर वडासदस्य प्रकाशचन्द्र शर्माले
स्वागत मन्तव्य र वडक सचिव पदम पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

3 thoughts on “भद्रपुर ६ नम्बर वडा अध्यक्ष राजवंशीद्वारा निम्न आय भएकालाई सिरक वितरण”
  1. king 88 là nhà cái được hơn 300 ngàn bet thủ tham gia chơi mỗi tháng nhờ độ uy tín, khuyến mãi thường xuyên cùng đội ngũ chăm sóc khách hàng 24/7 sẵn sàng hỗ trợ bet thủ. Tham gia ngay để không bỏ lỡ bất cứ cơ hội thắng cược nào. king 88

Leave a Reply

Your email address will not be published. Required fields are marked *