Skip to content
भद्रपुर २०,भदौ / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले अपाङ्ग संघमा आश्रित अपाङ्गता भएकाहरूका लागि तयारी कपडा र मास्क प्रदान गरेको छ। नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको झापा शाखामा आवासीय रूपमा रहेका सहारा विहिन अपाङ्गता भएका व्यक्तिका लागि रेडक्रस भद्रपुर उपशाखाले आज ती सामग्री प्रदान गरेको हो। नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको साताव्यापी कार्यक्रम अन्तर्गत आज दोस्रो दिन भद्रपुर उपशाखाले अपाङ्ग संघलाई तयारी कपडा र मास्क वितरण गरेको रेडक्रस भद्रपुर उपशाखाका सचिव दीप लिम्बूले जानकारी दिनुभयो। रेडक्रस भद्रपुरका सभापति गोपाल गिरीले अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा शाखाका अध्यक्ष ऋषि चापागाईँलाई सामग्री हस्तान्तरण गर्नुभएको हो। संघमा अपाङ्गता भएका १० जनालाई आवासीय आश्रय दिन सकिने भए पनि हाल ६ जना रहेका छन्। रेडक्रसले महिला,पुरुष तथा वच्चाहरूले लगाउन मिल्ने ४२ थान तयारी कपडा र २५० थान ५ प्याकेट मास्क वितरण गरेको हो। ती कपडाहरू व्यावसायिक सीप विकास तालिम केन्द्र भद्रपुरले उपलब्ध गराएको सचिव लिम्बूले जनाउनुभयो। त्यसैगरी झापाका सामाजिक व्यक्तित्व पर्शुराम अग्रवालको स्मृतिमा आज भद्रपुरमा हर्लिक्स वितरण गरिएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर र वडा प्रहरी कार्यालय भद्रपुरको संयोजनमा अग्रवालकी बुहारी हर्षा अग्रवालले अस्पतालका विरामीलाई हर्लिक्स प्रदान गर्नुभएको हो। सेवा केन्द्रकी अध्यक्ष शीला श्रेष्ठ खड्काले मेची प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना भएका बिरामी, कोभिड बिरामी र पोषण पुनर्स्थापना गृहमा रहेका वच्चाहरूका लागि एक/ एक केजीका ६३ थान हर्लिक्स वितरण गरेको जानकारी दिनुभयो।
Post Views:
349
Post navigation
This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!
I like the efforts you have put in this, regards for all the great content.
very informative articles or reviews at this time.
Awesome! Its genuinely remarkable post, I have got much clear idea regarding from this post
Nice post. I learn something totally new and challenging on websites
very informative articles or reviews at this time.
Awesome! Its genuinely remarkable post, I have got much clear idea regarding from this post
I like the efforts you have put in this, regards for all the great content.
Nice post. I learn something totally new and challenging on websites
I truly appreciate your technique of writing a blog. I added it to my bookmark site list and will
I am truly thankful to the owner of this web site who has shared this fantastic piece of writing at at this place.
I just like the helpful information you provide in your articles
For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.