• Fri. Mar 28th, 2025

भद्रपुर नगर पालिकाको सर्वदलीय टोली राजधानीमा, नेता र मन्त्रीसँग भेटघाट जारी

BySaptahik Samachar

११ चैत्र २०८१, मंगलवार २०:३१ ११ चैत्र २०८१, मंगलवार २०:३१ ११ चैत्र २०८१, मंगलवार २०:३१

भद्रपुर १२, चैत / भद्रपुर नगर पालिकाको टोली भद्रपुर नगरको विकासका लागि विभिन्न मांग लिएर आज भोलि राजधानी काठमाण्डौ पुगेको छ।नगर प्रमुख गणेश पाेखरेलको नेतृत्वमा राजधानी पुगेको सर्वदलीय टोली,बिगत केही बर्षदेखि निर्माण रोकिएको गिरिजाप्रसाद कोइराला स्मृति भवन र अरनिको माध्यमिक विद्यालयको अधुरो भवन निर्माण कार्य यथाशीघ्र प्रारम्भ गर्ने मांग सहित भद्रपुर नगरपालिका भित्रका योजनाहरुमा बजेट बिनियोजनका विषयमा सरकारको ध्यान आकृष्ट गराउन राजधानी पुगेको हो।

टोलीले कीचकबध, कमलधाप, चन्दगढ जस्ता ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका स्थलको संरक्षण र संवर्द्धन, भद्रपुर साइन्स सिटी र  आदिवासी राजवंशी भाषिक संग्रहालयको लागि बजेट विनियोजनको मांग गरेको नगरप्रमुख पोखरेल जानकारी दिनुभएको छ।
उहाँका अनुसार टोलीले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर आवश्यक बजेटको मांग गरेको छ ।

नगर पालिकाको सर्वदलीय टोलीले भद्रपुरका केही वार्डमा स्थगित भएको सर्पट नापी कार्यको प्रारम्भ, भद्रपुरको १,२ र ३ वडा (पृथ्वीनगर)क्षेत्रको घर नक्सा पास समस्या, प्रादेशिक अस्पतालको माथ्लो तला थप जस्ता विषयलाई उठान गर्दै बजेट व्यवस्थापन गर्न अनुरोध गरेको छ।
   सो टोलीले यस अघि पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति  शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला,उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंह, योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी र सदस्य गीता अधिकारीलाई भेटेर मागपत्र पेस गरेको नगर प्रमुखका निजी सचिव राजा मण्डलले जानकारी दिनुभयो।

नगर प्रमुख पोखरेलका अनुसार सर्वदलीय टोलीले प्रधान मन्त्री केपी.शर्मा ओली लगायत सरकारका मन्त्री र पार्टीका शीर्षस्थ नेताहरूलाई पनि भेट्ने तयारी गरेको छ।

18 thoughts on “भद्रपुर नगर पालिकाको सर्वदलीय टोली राजधानीमा, नेता र मन्त्रीसँग भेटघाट जारी”
  1. Les codes promo 1xBet valide permettent aux parieurs d’obtenir des bonus exclusifs, des offres spéciales et des récompenses sur la plateforme. Disponibles dans plusieurs pays comme la Côte d’Ivoire, le Sénégal, le Cameroun, l’Algérie et le Maroc, ils sont utilisés lors de l’inscription ou des dépôts pour maximiser les gains. Certains codes sont disponibles gratuitement via Telegram ou promotions spéciales. Pour profiter des avantages, il suffit d’entrer un code valide et suivre les conditions d’utilisation.

  2. I know this if off topic but I’m looking into starting my
    own weblog and was curious what all is required to get set up?
    I’m assuming having a blog like yours would cost a pretty penny?
    I’m not very web smart so I’m not 100% sure. Any recommendations
    or advice would be greatly appreciated. Thank you

  3. Hi there! Quick question that’s totally off topic.
    Do you know how to make your site mobile friendly? My website looks weird when browsing from
    my iphone 4. I’m trying to find a template or
    plugin that might be able to fix this problem. If you have
    any suggestions, please share. Cheers!

  4. Hmm is anyone else encountering problems with the images on this
    blog loading? I’m trying to determine if its a problem on my
    end or if it’s the blog. Any responses would be greatly appreciated.

  5. اعتراض به نتایج آزمون ورودی مدارس تیزهوشان، پس از اعلام نتایج آزمون ورودی مدارس تیزهوشان، دانش‌آموزانی که می خواهند نسبت به اعتراض به نتایج آزمون ورودی مدارس تیزهوشان اقدام نمایند، می‌توانند از طریق سامانه مای مدیو به نشانی my.medu.ir اقدام به ثبت اعتراض نمایند.

Leave a Reply

Your email address will not be published. Required fields are marked *