
भद्रपुर ८, साउन /भद्रपुर नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ। रगत आवश्यक पर्ने नगरका बिरामीलाई नि:शुल्क रगत उपलब्ध गराउन भद्रपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका वीच आइतबार सम्झौता भएको छ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालका बीच भएको सम्झौता पत्रमा रगत आवश्यक पर्ने नगरवासीलाई रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार सेवा झापाबाट रगत उपलब्ध गराइने छ। यो सम्झौता लागू भइसकेको जनाइएको छ।
मानिसको जीवनका लागि महत्त्वपूर्ण र दाताले नि:शुल्क रूपमा दान गरेको रगत संकलन र प्रशोधन गरेर रेडक्रसको रक्तसञ्चार केन्द्रले रगत आवश्यक पर्ने आममानिसलाई विभिन्न परीक्षण र व्याग आदिको लागत खर्चमात्र लिएर रगत नि:शुल्क उपलब्ध गराउँदै आएको छ।
रेडक्रसले रगत राख्ने ब्याग-सेट, क्रसम्याच , ब्लड ग्रुप , भिडिआरएल , हेपाटाइटिस ‘बि’ र ‘सी’, एचआइभी र एचसिभी आदि परीक्षणको लागि लाग्ने शुल्क मात्र लिएर रगत उपलब्ध गराउँछ – ” नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरी भन्नुहुन्छ- “दाताले नि:शुल्क उपलब्ध गराएको रगतको मूल्य तिरेको नभई ब्लड ब्याग, रगत परीक्षण र प्रशोधन आदि बापतको शुल्क मात्र लिने गरिएको छ। “
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले निर्वाचनमा उम्मेदवार हुँदाका बखत गरेको चुनावी प्रतिबध्दता र नगर पालिकाको नीति तथा कार्यक्रममा उल्लेख भएको ‘मेयर स्वास्थ्य सहायता कार्यक्रम ‘ अन्तरगत नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको बताउनुभयो ।
‘त्यसरी रगत दिए वापत नगरपालिकाले दुई किस्ता गरेर रेडक्रसलाई ५ लाख रूपैयाँ उपलब्ध गराउनेछ’ – नगर प्रमुख पोखरेलले भन्नुभयो’- दिइने यो रकम रगतको लागि नभएर आवश्यक अन्य लागत खर्चको लागि हो। ‘भद्रपुर र विर्तामोडस्थित रेडक्रसको रक्त सञ्चार केन्द्रबाट सवै नगरवासीलाई निःशुल्क रगत उपलब्ध हुनेछ’ तर, उहाँले भन्नुहुन्छ-“विपन्न, आर्थिक अवस्था कमजोर भएका र रगतको खर्च व्यहोर्न नसक्ने नागरिकलाई प्राथमिकता राखिएको छ ” ।
निःशुल्क रगत पाउनका लागि आफू नगरवासी भएको प्रमाण स्वरूप यसै नगरको भनेर प्रमाण खुल्ने नागरिकता , मतदाता परिचयपत्र, सवारी चालक अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
Your article helped me a lot, is there any more related content? Thanks!
Профессиональный сервисный центр по ремонту сотовых телефонов, смартфонов и мобильных устройств.
Мы предлагаем: ремонт телефонов в москве адреса
Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!
I’m extremely inspired with your writing abilities and also with the format on your weblog.
Is this a paid subject or did you modify it yourself?
Anyway keep up the excellent quality writing, it
is uncommon to peer a great weblog like this one these days.
Instagram Auto follow!
This is my first time pay a quick visit at here and i am actually happy to read everthing at single place.
http://umedia.kiev.ua/korpusa-far-5-oznak-shcho-vashi-fary-vzhe-ne-vpora.html