भद्रपुर,२१मंसिर/भद्रपुर जेसीजको आयोजनामा भद्रपुरमा विद्युत जडान सम्वन्धी तीन महिने तालिम शुरू भएको छ। सीप विकास तालिम केन्द्र भद्रपुर झापाको सहयोगमा सञ्चालित तालिमको भद्रपुर नगर पालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले हिजो एक समारोहका बीच उद्घाटन गर्नुभएको छ। तालिममा १५जना युवाहरूको सहभागिता रहेको छ। भद्रपुर-८ सुकीर्ति नगरको जेसीज मार्गमा अवस्थित स्व.विनेश स्मृति जेसीज सचिवालय भवनमा तालिम कार्यक्रमको शुभारम्भसँगै जेसीज सप्ताह 2021को समापन समेत गरिएको छ। भद्रपुर जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत छनोट भएका विद्यार्थीलाई स्टेशनरी वितरण, रक्तदान कार्यक्रम, कचनकवलमा जेसीज स्थापना र अभिमुखीकरण, भद्रपुर-१०को ढेनाबस्तीलाई जेसीज भिलेज घोषणा, महिला हिंसा न्यूनीकरण अभियानमा सहकार्य र सातौं कार्यक्रममा विद्युत जडान तालिम कार्यक्रम शुभारम्भ गरेको हो। भद्रपुर जेसीजका अध्यक्ष खिलनाथ पाण्डे’निकास’ को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ सहित भद्रपुर 6 नं.वडा अध्यक्ष प्रेमबहादुर वरूवाल, भद्रपुर जेसीजका पूर्व अध्यक्ष लोकनाथ भट्टराई, भद्रपुर जेसीजका मानार्थ सदस्य तथा सञ्चारकर्मी गोपाल गिरी र सीप विकास तालिम केन्द्र भद्रपुरका गौतम पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। भद्रपुर जेसीजका महासचिव मनोज भट्टराईले सन्चालन गरेको कार्यक्रममा जेसीज आस्था वाचन एकराज भट्टराईले, स्वागत मन्तव्य कोषाध्यक्ष युवराज नेउपानेले र धन्यवाद ज्ञापन साताव्यापी कार्यक्रमका संयोजक रमेश कार्कीले गर्नुभएको थियो। Post Views: 457 Post navigation राप्रपा. को अध्यक्षमा लिङ्देन/अन्य पदमा मिश्रित परिणाम/रेखा थापा पराजित युवा सामाजिक अभियन्ता तथा रेडक्रसकर्मी दीप लिम्बूको निधन
पत्रकार महासंघ झापाका निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले गर्यो सम्मान ५ पुष २०८१, शुक्रबार २०:२९