
भद्रपुर १६, चैत / भद्रपुर क्रिकेट क्लवको अफिसियल भवन (पेविलियन)-को आज शिलान्यास गरिएको छ । मेची बहुमुखी क्याम्पसको परिसरमा निर्माणाधीन क्रिकेट मैदानको स्तरोन्नति गर्ने क्रममा निर्माण हुने अफिसियल भवन (पेविलियन)को आज शनिवार एक समारोहका वीच शिलान्यास गरिएको हो ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री, कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता सांसद उद्धव थापाले भवनको शिलान्यास गर्नुभएको हो । पेवेलियनक तल्लो तलामा ५ कोठा र माथिल्लो तलामा हलसहित ३ कोठा भएको सुविधासम्पन्न दुई तले भवन ६५ लाख ७५ हजारको लागत इस्टिमेटमा बन्न लागेको भद्रपुर क्रिकेट क्लबका संरक्षक तथा र ८ नं. वडाअध्यक्ष गौरव सुब्बा मनोजले जानकारी दिनुभयो।

भवन वनाउन प्रदेश सरकारले हाल १५ लाख रूपैयाँ वजेट विनियोजन गरेको छ भने आवश्यक बजेट थप गर्ने जनाइएको छ।
अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानमा ठूला प्रतियोगिता पनि सञ्चालन गर्न सकिने गरी पूर्वाधार बनिरहेको छ। समाजसेवी दीपक पोखरेलले प्रदान गरेको २० लाख सहयोगले स्लाइड स्क्रिन बनिसकेको छ भने ३ वटा गुणस्तरिय पिच पनि बनिसकेको छ । त्यस्तै, प्रदेश खेलकुद बिकास समितिले बाउण्ड्री डोरी उपलब्ध गराएको छ। मैदानको स्तरोन्नतिका लागि ३ करोडको प्रोजेक्ट तयार गरिएको जनाउँदै कोषाध्यक्ष क्षितिज खवासले सो रकमबाट प्यारापिट सहितको क्रिकेट मैदान बनाउने तयारी रहेको जानकारी दिनुभयो।

भद्रपुर क्रिकेट क्लबका उपाध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा भएको शिलान्यास समारोहमा प्रमुख अतिथि थापाले सरकारबाट थप सहयोग हुने विश्वास दिलाउँदै मेची क्याम्पसमा फुटवल मैदान पनि बन्न सक्ने सम्भावना भएकाले त्यसका लागि पनि पहल गर्न सुझाव दिनुभयो। समारोहमा प्रदेश सांसद मोहन महर्जन,भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, सामाजिक
व्यक्तित्व दीपक पोखरेल लगायतको उपस्थिति थियो । सो अवसरमा क्रिकेट मैदानको वाहिरी खण्डमा वृक्षरोपण पनि गरिएको थियो । वडाअध्यक्ष तथा संरक्षक सुब्बाले क्रिकेट मैदानको आवश्यकता माथि चर्चा गर्दै स्वागत मन्तव्य राखेको समारोहको सञ्चालन सचिव केदार महतले गर्नुभएको थियो ।
A code promo 1xBet est un moyen populaire pour les parieurs d’obtenir des bonus exclusifs sur la plateforme de paris en ligne 1xBet. Ces codes promotionnels offrent divers avantages tels que des bonus de dépôt, des paris gratuits, et des réductions spéciales pour les nouveaux joueurs ainsi que les utilisateurs réguliers.code promo 1xbet ci
Hürriyet su kaçak tespiti Cihazlarla nokta atışı yapmaları çok büyük avantaj sağlıyor. https://relxnn.com/?p=39495
Küçükçekmece su kaçak tespiti Modern cihazları sayesinde su kaçağını çok kısa sürede buldular. http://alabamalighthouses.com/?p=23134