• Sun. Jun 1st, 2025

भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदान MCG.मा आजबाट अभ्यास खेल शुरू

BySaptahik Samachar

२६ बैशाख २०८२, शुक्रबार ०६:२२ २६ बैशाख २०८२, शुक्रबार ०६:२२ २६ बैशाख २०८२, शुक्रबार ०६:२२

मैदानको उद्घाटन पनि आजै

भद्रपुर २६,बैशाख / नेपाल-भारतका दुई जिल्लातहका टिमबीच भद्रपुरमा आजबाट क्रिकेटको मैत्रीपूर्ण अभ्यास श्रृंखला शुरू हुने भएको छ। भद्रपुर क्रिकेट क्लब BCC. र भारत पश्चिम बङ्गालको जल्पाईगुरी डुवर्स स्ट्राइकर बीच अभ्यास खेल हुने भएको हो।
    ओडिआई नियमानुसार हुने तीन दिवसीय यो श्रृंखला खेल्न जल्पाईगुरीको टिम हिजै आइसकेको आयोजक बीसीसी.का कप्तान अंकित सुवेदीले जानकारी दिनुभयो।

यो प्रतियोगिताको आयोजनासँगै क्रिकेट मैदान MCG.को उद्घाटन पनि हुने भएको छ। क्रिकेट मैदान निर्माणमा सक्रिय आयोजक क्लबका संरक्षक तथा ८ नं. वडाअध्यक्ष गौरव सुब्बाका अनुसार प्रतियोगिताको आयोजनासँगै आज हुने पहिलो खेलबाट यो मैदानको उद्घाटन हुँदैछ । सुब्बाले भन्नुभयो ‘-मैत्रीपूर्ण अभ्यास खेलका लागि सम्पूर्ण तयारी पूरा भएको छ । ‘

One thought on “भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदान MCG.मा आजबाट अभ्यास खेल शुरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *