
भद्रपुर २३,चैत्र / झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले नगरभित्रका युवाहरुलाई व्यावसायिक रुपमा बेमौसमी खेती गर्न प्रोत्साहित गर्दै उद्यमी बनाउने उद्देश्यले टनेल वितरण गरेको छ ।
नगरपालिकाले नगरप्रमुख लघु उद्यम कार्यक्रममार्फत भद्रपुरका १० वटै वडाबाट ६–६ जना युवा कृषि उद्यमी छनोट गरी ६० जनालाई निःशुल्क रुपमा टनेल वितरण गरेको हो ।

आज बुधबार विहान नगरपालिका परिसरमा आयोजित एक संक्षिप्त समारोहका बीच टनेल वितरण गरिएको भद्रपुरका रोजगार कार्यक्रमका संयोजक टिकाराम पाण्डेले जानकारी दिनुभयो ।
नगरपालिकाको युवा परिषदका कार्यकारी उपाध्यक्ष सरोज ढकालको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, ७ नं वडाध्यक्ष विनोदप्रसाद पोखरेल, ५ नं वडाध्यक्ष बन्धु कार्की, ४ नं.वडा वडाध्यक्ष हंसधर राजवंशी, ३ नं वडाध्यक्ष कमला थुलुङ, २ नं वडाध्यक्ष भीम केरुङलगायतले टनेल वितरण गर्नुभएको थियो ।
नगरभित्रका युवालाई विदेश पलायन हुनबाट रोक्दै आफ्नै ठाउँमा व्यावसायिक कृषि उद्यमी बनाउन सहयोग पुग्ने सोचका साथ आ. व. ०७८–०७९ को बजेटमा युवालक्षित कार्यक्रम राखेर उद्यमी बन्न चासो देखाएका युवालाई टनेल वितरण गरिएको र यसका लागि नगरपालिकाले ३ लाख रुपैयाँ खर्च गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, २ नं. वडा अध्यक्ष भीम केरुङ्ले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्वरोजगार कार्यक्रमका संयोजक टिकाराम पाण्डे ‘दिपक ‘ले गर्नुभएको थियो।
Your article helped me a lot, is there any more related content? Thanks!
Aradığım her şeyi bu sitede buldum. Hem görsel kalite hem iletişim açısından çok başarılılar. Ankara escort arayanlara öneririm.
Sitedeki tüm içerikler SEO uyumlu ve kullanıcıyı yanıltmıyor. Ankara escort arayan herkes için güvenilir bir kaynak.