• Fri. Nov 21st, 2025

भद्रपुरमा हर्षोल्लास पूर्वक मनाइयो- जितिया पर्व

BySaptahik Samachar

२० भाद्र २०८२, शुक्रबार १९:२३ २० भाद्र २०८२, शुक्रबार १९:२३ २० भाद्र २०८२, शुक्रबार १९:२३

भद्रपुर २० भदौ / मधेसी समाजले मनाउने गरेको जितिया पर्वलाई भद्रपुरमा विशेष समारोहको रूपमा मनाइएको छ। मधेसी महिला समाज, भद्रपुरले आयोजना गरेको जितिया पर्व विशेष कार्यक्रम–२०८२ भद्रपुर -८ स्थित होटल डे ग्लोमा भव्य र आत्मीय वातावरणमा शुक्रबार सम्पन्न भएको हो।
    मधेसी महिला समाज भद्रपुरकी अध्यक्ष विभा ठाकुरको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल प्रमुख अतिथि, नगर उपप्रमुख राधा कार्की विशिष्ट अतिथि तथा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम घिमिरे ‘हिक्मत’ विशेष अतिथि रहनु भएको कार्यक्रममा नगरका वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
   समिती उपाध्यक्ष स्वर्णिका सिंहले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जितिया पर्वको सामाजिक र सांस्कृतिक महत्वबारे प्रमुख तथा विशिष्ट अतिथिहरूले मन्तव्यको क्रममा व्यक्त गर्नुभएको थियो त्यसरी मन्तव्य व्यक्त गर्नेहरूमा भद्रपुर नगरपालिकाका पूर्व नगर प्रमुख भारतेन्दु कुमार मल्लिक, वरिष्ठ चिकित्सक डाक्टर पिताम्बर ठाकुर र सामाजिक व्यक्तित्व दिपेश ढकाल लगायत हुनुहुन्थ्यो।

जितिया पर्वसम्बन्धी ऐतिहासिक र सांस्कृतिक महत्वका बारेमा मेची बहुमुखी क्याम्पसकी प्राध्यापक आभा देवले प्रस्तुत गर्नुभएको थियो। समाजसेवी रोयल संजय र भावना क्षेत्रीलाई दोसल्ला ओढाई सम्मान गरिएको कार्यक्रममा सांस्कृतिक प्रस्तुति र नृत्य–संगीतले माहोल उत्सवमय  बनाएको थियो।
कार्यक्रमको सञ्चालन समिति सचिव विभा पासवानले गर्नुभएको उपाध्यक्ष स्वर्णिका सिंहले जानकारी दिनु भयो।

16 thoughts on “भद्रपुरमा हर्षोल्लास पूर्वक मनाइयो- जितिया पर्व”
  1. I am really inspired along with your writing talents as neatly as with the layout to your blog. Is this a paid topic or did you customize it yourself? Anyway keep up the excellent high quality writing, it is rare to look a nice weblog like this one these days..

  2. certainly like your website however you have to check the spelling on several of your posts. Several of them are rife with spelling issues and I in finding it very bothersome to tell the truth however I will surely come again again.

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *