• Tue. Jun 17th, 2025

भद्रपुरमा विपद न्यूनीकरण पुनर्ताजगी तालिम शुरू

BySaptahik Samachar

३ असार २०८२, मंगलवार १५:५८ ३ असार २०८२, मंगलवार १५:५८ ३ असार २०८२, मंगलवार १५:५८

भद्रपुर ३,असार / भद्रपुर नगर पालिकाले, नेपाल रेडक्रस सोसाइटी, भद्रपुर उपशाखासँगको सहकार्यमा वडास्तरमा विपद् न्यूनीकरण पुनर्ताजगी तालिम शुरु गरेको छ । आजदेखि ५ दिनसम्म भद्रपुर नगरका १० वटै वडामा पालैपालो वडास्तरमा गठन भएका विपद समिति,जनप्रतिनिधि, टोल समिति र सामुदायिक वन समूहका प्रतिनिधिहरुलाई पुनर्ताजगी तालिम प्रदान गरिने भएको हो।
    विशेष गरेर विपद्‌को मुख्य समय यतिबेला वाढी,चट्याङ्ग , हुरी बतास , हात्ती र सर्पदंशले तराईमा विपद ल्याउने समयलाई मध्यनजर गरेर आजबाट भद्रपुरमा विपद तालिम शुरू गरिएको र पहिलो दिन१ नं. वडामा तालिम प्रदान गरिएको आयोजकले जनाएका छन्।

विपद्‌लाई न्यूनीकरण गर्ने, विपदमा परेकालाई उद्दार गर्ने र पीडितलाई पुनर्लाभको निम्ति सामुदायिक रुपमा राहत र सेवा पु‌र्‍याउन समुदायलाई प्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको भद्रपुर नगरपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन समितिका शाखा प्रमुख नेत्रप्रसाद पोखरेलले बताउनु भयो।

भद्रपुर नगरपालिकाको वडा नम्बर १ का वडाअध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा १ नम्बर वडा कार्यालयमा भएको पुनर्ताजगी तालिममा सशस्त्र प्रहरीका निरीक्षक सोमराज खड्‌का, रेडक्रस भद्रपुरका निवर्तमान सभापति गोपाल गिरीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

वडा सचिव राजेन्द्र प्याकुरेलले सहजीकरण गरेको तालिम कार्यक्रममा शाखा प्रमुख पोखरेल र नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति केदार महतले प्रशिक्षण प्रदान गरिरहनु भएको छ। आजै भद्रपुरको ५ नम्बर वडामा संचालन भएको सो तालिम भोलिबाट भद्रपुरका अन्य वडामा निरन्तर रहने आयोजकले जनाएका छन्।

One thought on “भद्रपुरमा विपद न्यूनीकरण पुनर्ताजगी तालिम शुरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *