• Mon. Mar 30th, 2026

भद्रपुरमा जारी नेपाल- भारत महिला टि ट्वान्टी फ्रेन्डसीप क्रिकेट प्रतियोगिताको दोस्रो दिन को खेलमा सिक्किम विजयी

BySaptahik Samachar

१२ चैत्र २०८२, बिहीबार २१:२९ १२ चैत्र २०८२, बिहीबार २१:२९ १२ चैत्र २०८२, बिहीबार २१:२९

भद्रपुर १२, चैत / झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलमा भारतको अल्पाइन स्पोर्टिङ क्लब सिक्किम विजयी भएको छ ।
नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक आयोजित प्रतियोगिताको दोस्रो दिनको खेलमा भारतकै दून हेरिटेज सिलिगुडीलाई ८ विकेटले पराजित गर्दै सिक्किमले सहज जीत निकालेको हो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको सिलिगुडीले निर्धारित २० ओभरमा अलआउट हुँदै ४७ रन बनायो । जवाफमा सिक्किमले १३.३ ओभरमा २ विकेट क्षतिमा लक्ष्य पार गरेको प्रतियोगिताका व्यवस्थापक राजन भट्टराईले जानकारी दिनुभयो ।

सिलिगुडीका तर्फबाट ह्याप्पी सरकारले १५ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । सिलिगुडीलाई सस्तैमा समेट्न सिक्किमकी मारियन सुब्बाले ४ ओभरमा केवल ८ रन खर्चिएर २ विकेट लिइन् ।

ब्याटिङतर्फ सिक्किमकी नन्दिता कुमारीले ३१ बलमा २१ रन बनाइन् भने प्रमिला क्षेत्रीले ३३ बलमा १४ रन बनाइन् । विजयी टिमकी मारियन सुब्बाले खेलको म्यान अफ द म्याचको पुरस्कार जितिन् । हिजो मिलन क्रिकेट क्लब झापालाई जितेर दुई अङ्क बटुलेको सिलिगुरी आज पराजित भएको हो। आजको जितसँगै सिक्किमले दुई अङ्क बटुलेको छ।

राउन्ड रोबिन प्रक्रिया अनुसारको अन्तिम खेल भोलि शुक्रबार मिलन क्रिकेट क्लव झापा र भारतको अल्पाइन स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ भने फाइनल खेल शनिबार हुनेछ ।
नेपाल–भारतबीचको महिला क्रिकेटलाई परिचित गराउने र महिला क्रिकेट सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले पहिलो पटक मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको नेपाल–भारत मैत्री संघ कोशी प्रदेशका खेलकुद संयोजक गौरव सुब्बा ‘मनोजले जानकारी दिनुभयो।

26 thoughts on “भद्रपुरमा जारी नेपाल- भारत महिला टि ट्वान्टी फ्रेन्डसीप क्रिकेट प्रतियोगिताको दोस्रो दिन को खेलमा सिक्किम विजयी”
  1. सिक्किमले खेल जित्दा खुशी लाग्यो। यो प्रतियोगिता महिला क्रिकेटलाई प्रोत्साहन गर्नको लागि एकदमै राम्रो सुरुवात भएको छ नि।

  2. Thanks for your marvelous posting! I certainly enjoyed reading it,
    you could be a great author.I will remember to bookmark your blog and definitely will come
    back sometime soon. I want to encourage one to continue your great work, have a nice day!

  3. Nice post. I learn something totally new and challenging on sites I stumbleupon every day.
    It will always be interesting to read content from other writers and use a little something from other
    web sites.

  4. Greate article. Keep writing such kind of information on your site.
    Im really impressed by it.
    Hey there, You have performed an incredible job. I’ll definitely digg
    it and for my part recommend to my friends. I am confident they’ll be
    benefited from this web site.

  5. Thanks , I’ve recently been searching for information about this topic for a while and yours
    is the greatest I’ve discovered so far. But, what about the conclusion? Are you positive
    about the source?

  6. Woah! I’m really digging the template/theme of this site.
    It’s simple, yet effective. A lot of times it’s difficult to get that “perfect balance” between superb
    usability and appearance. I must say you have done
    a fantastic job with this. Additionally, the blog loads very quick
    for me on Chrome. Superb Blog!

  7. Howdy, I believe your website might be having browser compatibility problems.
    Whenever I look at your website in Safari, it looks fine however, if opening in I.E., it has some
    overlapping issues. I simply wanted to provide you with a quick heads up!
    Apart from that, wonderful website!

  8. Hello just wanted to give you a quick heads up.
    The text in your article seem to be running
    off the screen in Opera. I’m not sure if this is a formatting issue or something to do with browser compatibility
    but I figured I’d post to let you know. The layout look great though!
    Hope you get the problem fixed soon. Cheers

Leave a Reply

Your email address will not be published. Required fields are marked *