• Sat. Oct 11th, 2025

भद्रपुरमा छठ पूजाको भव्य तयारी

BySaptahik Samachar

२४ आश्विन २०८२, शुक्रबार १७:२३ २४ आश्विन २०८२, शुक्रबार १७:२३ २४ आश्विन २०८२, शुक्रबार १७:२३

भद्रपुर २४ असोज / आगामी छठ पूजा-२०८२ का लागि आवश्यक तयारी गर्न बसेको सर्वपक्षीय भेलाले भद्र‌पुरमा पूजा समारोह मूल समिति तथा अन्य विविध समितिहरू गठन गरेको छ। भारतसंगको सीमा खोला मेची किनार भद्रपुर -५ मा वर्षेनी लाग्ने छठ पू‌जालाई व्यवस्थित गर्न पारसनाथ यादवको संयोजकत्वमा इन्द्रकान्त झा सहसंयोजक र यदुनन्दन साह रौनियार सहित सदस्य रहेको १०१ सदस्यीय मूल समिति गठन गरिएको हो।

  मैथिल समाज झापाका अध्यक्ष रमेश चन्द्र झाको अध्यक्षतामा समाजकै कार्यालय भद्रपुर -६ मा आज  वसेको भेलाले शुशिल कर्णको संयोजकत्वमा अर्थ संकलन , विकास गुप्ताको संयोजकत्वमा घाट व्यवस्थापन तथा सरसफाई र यदुनन्दन शाह रौनियार‌को संयोजकत्वमा विद्युत जडान उपसमिति गठन गरिएको छ।

त्यस्तै, प्रचार-प्रसार संयोजकमा प्रकाश शर्मा, स्वयंसेवक तथा सुरक्षा परिचालनको जिम्मा वडा प्रहरी कार्यालय र नगर प्रमुख गणेश पोखरेलको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।

भेलाका प्रमुख अतिथि नगर प्रमुख पोखरेल, पूर्व नगर प्रमुख भारतेन्दु कुमार मल्लिक, ६.नं वडा अध्यक्ष रतिया राजवंशी, नेकपा एमालेका प्रदेश कमिटी सदस्य शिवकुमार राजभण्डारी, माओवादीकी स्थानीय नेतृ स्वर्णिका सिंह र यदुनन्दन साह रौनियारले शुभकामना मन्तव्य सहित व्यवस्थित पुजाका लागि विभिन्न सुझावहरु राखेका थिए ।
मैथिल समाज झापाका सचिव शुशिल कर्णले सञ्चालन गरेको भेलामा सहसचिव अरुण शाहले स्वागत मन्तव्य राख्नु भएको थियो
भेलामा मैथिल समाज झापाका अध्यक्ष झाले ५ लाख ४८ हजार ७६२  रुपैयाँको वर्ष २०८१ सालको छठपूजाको आय व्यय प्रस्तुत गर्नुभएको थियो । बजेट सार्बजनिक गर्ने ढिलाइ भएको र मैथिल समाजको गतिविधि प्रति पनि वक्ताहरुले टिप्पणी गरेका थिए।
   यस वर्षको छठ पूजा कात्तिक १० र ११ गते परेको छ। कात्तिक १० गते अस्ताउँदो सूर्यलाई र ११ गते उदाउँदो सूर्यलाई जलाशयमा बसेर अर्घ दिएपछि यस वर्षको छठ पर्व सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *