• Tue. Jun 24th, 2025

भद्रपुरको भानु आधारभूत विद्यालयको स्तरवृध्दि गर्न स्थानीय समुदायको प्रतिबध्दता

BySaptahik Samachar

१५ असार २०८०, शुक्रबार २१:१३ १५ असार २०८०, शुक्रबार २१:१३ १५ असार २०८०, शुक्रबार २१:१३

उद्यमी दीपक पोखरेलको अभिभावकत्व ग्रहण गर्ने इच्छा

भद्रपुर १५,असार / झापा, भद्रपुर -८ को भानु आधारभूत विद्यालयलाई स्तरवृध्दि गरी नमूना विद्यालय बनाउन सरोकारवालापक्षले चासो देखाएका छन्। सौर्य एयरलाइन्सका अध्यक्ष तथा भद्रपुरमा सञ्चालित ॐ साई पाथीभरा हस्पिटल व्यवस्थापन समितिका अध्यक्ष दिपक पोखरेलले सरोकारवाला विशेष गरेर शिक्षकहरू सकारात्मक भए आफूले विद्यालयको अभिभावकत्व ग्रहण गर्ने इच्छा जाहेर गरेपछि वडा कार्यालयमा भएको छलफलमा सरोकारवाला सवैबाट गुणस्तरीय विद्यालयका लागि प्रतिबध्दता प्रकट भएको हो ।
वडाध्यक्ष गौरव सुब्बा’मनोज’को अध्यक्षतामा शुक्रबार भएको भेलामा विद्यालयको स्तरवृध्दि गरेर नमूना विद्यालय बनाउन समाजसेवी पोखरेल इच्छुक भएको जनाइरहँदा त्यहाँ उपस्थित शिक्षक र विद्यालयसंग सरोकार राख्ने सवैले खुसी प्रकट गर्दै विद्यालयको स्तरवृध्दिमा आफ्नो पक्षबाट कुनै कसर बाँकी नराख्ने बचनबध्दता प्रकट गरे।

विद्यालय नजिकै घर रहेका उद्यमी पोखरेलले स्कूललाई व्यबस्थित ढङ्गले परिचालन गर्न विद्यालय परिवारसंग सकारात्मक प्रतिक्रियाको अपेक्षा गर्नुभएको थियो। उहाँले विद्यालयमा भौतिक पूर्वाधार र आवश्यक जनशक्ति थप गर्दै विद्यालयलाई शैक्षिक र भौतिक रूपमै नमूना बनाउन विद्यार्थीलाई ड्रेस र खाजा समेतको व्यवस्थापन र विद्यार्थी ड्रप आउट रोक्ने सम्मको योजना आफ्नो रहेको साप्ताहिक समाचारसंग बताउनुभयो।

उहाँले भन्नुभयो – ‘ पैसा धेरै भएर म सामुदायिक विद्यालयमा लगानी गर्न आएको होइन, सामाजिक दायित्व ठानेर आफ्नो स्थानको लागि केही गरौं भन्ने अभिप्रायले निम्न आय भएका परिवारका बालबालिका पढ्ने विद्यालय रोजेको हूँ।’ उहाँले भन्नुभयो – ‘ लगानी मात्र सवैथोक होइन – शिक्षक शिक्षिकाको लगनशीलतामा विद्यालयको गुणस्तर अभिवृध्दि गर्न सकिन्छ भन्ने विश्वास छ।


विद्यालयमा अहिले ६० जना विद्यार्थी छन्, कम्तिमा अढाई /तीनसय विद्यार्थी बनाउने र भर्ना हुन परीक्षा दिनेसम्मको अवस्थामा विद्यालयलाई पुर्‍याउने आफ्नो अभिप्राय रहेको उहाँले सुनाउनुभयो।
वडा नम्बर ८ का वडा अध्यक्ष सुब्बाले विद्यालय सुधारको खाका सहित योजनाबद्ध कार्ययोजना बनाएर अघि बढ्न आफू सक्रिय रहने बताएको सो छलफल कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश जोशी, वडा सदस्य भगवती बस्नेत, विद्यालयकी प्रधानाध्यापक सीता विमली, शिक्षिका मिथिला कोइराला, व्यवस्थापन समितिका सदस्य धनप्रसाद शिवाकोटी र नागरिक समाजका सदस्य भरत गुरुङले स्तरवृध्दिको यस कार्यक्रमको उच्च प्रशंसा गर्दै आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका थिए।

122 thoughts on “भद्रपुरको भानु आधारभूत विद्यालयको स्तरवृध्दि गर्न स्थानीय समुदायको प्रतिबध्दता”
  1. An intriguing discussion is definitely worth comment.

    I do think that you need to write more on this subject, it might not be
    a taboo subject but typically people don’t speak about these issues.
    To the next! All the best!!

  2. Этот информативный текст отличается привлекательным содержанием и актуальными данными. Мы предлагаем читателям взглянуть на привычные вещи под новым углом, предоставляя интересный и доступный материал. Получите удовольствие от чтения и расширьте кругозор!
    Выяснить больше – https://medalkoblog.ru/

  3. ¡Hola, exploradores de oportunidades !
    Casinos online extranjeros con tragamonedas sin registro – п»їhttps://casinoextranjerosespana.es/ mejores casinos online extranjeros
    ¡Que disfrutes de asombrosas botes espectaculares!

  4. ¡Saludos, estrategas del riesgo !
    CГіmo reclamar bonos en casinos online extranjeros – п»їhttps://casinoextranjerosenespana.es/ mejores casinos online extranjeros
    ¡Que disfrutes de momentos inolvidables !

  5. ¡Saludos, descubridores de tesoros !
    casinos online extranjeros compatibles con iOS – п»їhttps://casinosextranjero.es/ casino online extranjero
    ¡Que vivas increíbles jackpots extraordinarios!

  6. ¡Saludos, fanáticos de las apuestas !
    casinos por fuera con control parental – п»їhttps://casinosonlinefueraespanol.xyz/ п»їcasino fuera de espaГ±a
    ¡Que disfrutes de oportunidades únicas !

Leave a Reply

Your email address will not be published. Required fields are marked *