• Thu. Jun 26th, 2025

भद्रपुरका अर्पण शर्माको अर्को विश्व कीर्तिमान, गिनिज बुक रेकर्डको तयारी

BySaptahik Samachar

३ श्रावण २०७८, आईतवार १६:३४ ३ श्रावण २०७८, आईतवार १६:३४ ३ श्रावण २०७८, आईतवार १६:३४

भद्रपुर, ३ साउन /साप्ताहिक समाचारदाता । झापा,भद्रपुरका युवा प्रतिभा अर्पण शर्माले स्मरण शक्तिमा नयाँ विश्व कीर्तिमान स्थापित गर्नुभएको छ ।‘मेमोरी किङ’ उपनामले परिचित उहाँले वि.सं. २०७२ सालमा एक मिनेटमा ४२ वटा बस्तु श्रृंखलाबद्ध स्मरण गरेर पहिलोपल्ट विश्व कीर्तिमान कायम गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउनु भएको थियो ।

त्यसपछि भारतका नवल पञ्जियारले त्यही विधामा ५४ वटा वस्तुको स्मरण गरेर शर्माको कीर्तिमानलाई उछिनेका थिए ।

अहिले शर्माले पञ्जियारको कीर्तिमान तोड्दै एक मिनेटमा ८३ वटा वस्तुको स्मरण गर्नमा सफलता पाएको दावी प्रस्तुत गर्नुभएको छ।

आज विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी यही असार २६ गते नयाँ कीर्तिमान कायम गरेको जानकारी दिनुभयो ।

भद्रपुरको वीरेन्द्र नमुना माध्यमिकको सभाहलमा असार २६ गते नेपाल प्रहरीका निरीक्षक जीवनकुमार मैनाली, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेल लगायतको उपस्थिति रहेको औपचारिक कार्यक्रममा शर्माले एक मिनेटमा ८३ वटा वस्तुको स्मरणको प्रस्तुति गरेको जनाइएको छ ।

औपचारिक कार्यक्रममा गरिएको प्रस्तुतिको भिडियोलाई प्रमाणको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइएको र छानविनपछि गिनिजको बेलायतस्थित कार्यालयले प्रमाणित गर्ने चलन रहेको उहाँले नै पत्रकार माझ राख्नुभएको थियो ।

मेची बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका शर्मा ३२ वर्षको हुनुहुन्छ ।

गिनिज बुकमा नाम लेखाएपछि उहाँलाई नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले २०७२ सालमा राष्ट्रिय युवा पुरस्कार, सन् २०२० मा नेपाल जेसिजले स्वर्ण पदकसहित उत्कृष्ट युवा पुरस्कार र २०७४ सलामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले वर्ष युवा पुरस्कारले सम्मानित गरिसकेका छन् ।

उहॉको जीवनी र सफलताको कथालाई अस्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटीले सन् २०२० मा आफ्नो आधिकारिक ब्लगमा सम्मानज कभरेज दिएको थियो भने कक्षा ५ को सामान्य ज्ञान पुस्तकमा शर्माको जीवनी प्रकाशित छ ।

२०४६ साल माघ २३ गते पिता मोहनप्रसाद कट्टेल र माता खिना शर्माको सन्तानको रुपमा झापाको भद्रपुर नगरपालिका वडा नं. ८ मा उहाँको जन्म भएको हो ।सानैदेखि तीक्ष्ण दिमाग भएको उहाँ हाल मेडिटेसन तथा ब्रेन ट्रेनरको पेशामा रहेर जीवनोपयोगी शिक्षा प्रदान गर्नु हुन्छ ।

8 thoughts on “भद्रपुरका अर्पण शर्माको अर्को विश्व कीर्तिमान, गिनिज बुक रेकर्डको तयारी”
  1. If you wish for to obtain a great deal from this paragraph then you have to apply such methods to
    your won blog.
    casino en ligne France
    Your way of telling the whole thing in this piece of writing is actually fastidious, all be
    capable of easily understand it, Thanks a lot.
    casino en ligne France
    Hello, I enjoy reading through your post. I wanted to write a little comment to support you.

    casino en ligne France
    You should take part in a contest for one of the best blogs on the web.
    I most certainly will recommend this web site!
    casino en ligne
    Hi, I do believe this is an excellent blog. I stumbledupon it 😉 I will come back yet again since
    I book-marked it. Money and freedom is the
    greatest way to change, may you be rich and continue to help others.

    casino en ligne fiable
    What’s up friends, its wonderful article on the topic
    of teachingand fully explained, keep it up all the time.

    casino en ligne
    I have been browsing on-line more than 3 hours these days, but I
    never discovered any interesting article like yours.

    It’s beautiful value enough for me. Personally,
    if all website owners and bloggers made just right content as you did, the internet will
    be much more helpful than ever before.
    casino en ligne France
    Simply desire to say your article is as astounding. The clarity on your put up is simply great and i could think
    you are knowledgeable in this subject. Well along with your
    permission let me to clutch your feed to keep up to date
    with drawing close post. Thanks a million and please carry on the gratifying work.

    casino en ligne
    Wow, awesome blog layout! How lengthy have you been blogging for?
    you made blogging look easy. The whole look of your website
    is wonderful, let alone the content!
    casino en ligne francais
    Yes! Finally someone writes about sss.
    casino en ligne France

Leave a Reply

Your email address will not be published. Required fields are marked *