• Tue. Oct 29th, 2024

विश्व खाद्य दिवसः निबन्ध लेखन प्रतियोगितामा राजवंशी प्रथम

BySaptahik Samachar

१२ कार्तिक २०८१, सोमबार १९:४५ १२ कार्तिक २०८१, सोमबार १९:४५ १२ कार्तिक २०८१, सोमबार १९:४५

भद्रपुर १२,कात्तिक / ‘ सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार ‘ नारा विषयक निबन्ध प्रतियोगितामा आदर्श मावि. मेचीनगर-८ की हिमा राजवंशी प्रथम हुनुभएको छ। ४४ औं विश्व खाद्य दिवस २०८१ को अवसरमा कृषि ज्ञान केन्द्र झापाले आयोजना गरेको अन्तर बिद्यालय झापा जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा फुलबारी माबि बाह्रदशीकी शिवानी पोखरेल दोस्रो र महेन्द्र रत्न माबि.की नमिका गणेश तेस्रो हुनुभयो भने महेन्द्ररत्न मावि.विर्तामोडकी प्रस्तुति भट्टराईले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको सहयोगी रूमा राजवंशीले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले पुरस्कृत छात्राहरू प्रथम,दोस्रो,तेस्रो र सान्त्वनालाई क्रमशः१० हजार, आठ हजार, पाँच हजार र तीन हजार रूपैयाँ नगद प्रदान गर्नुभयो।
   कृषि ज्ञान केन्द्र झापामा सोमबार सम्पन्न प्रतियोगितामा १३ वटा बिद्यालय सहभागी थिए। निबन्ध प्रतियोगिताको मूल्याङ्कनकर्ता उद्धव विष्ट हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले गर्नुभएको थियो। गणेशकुमार बुढाथोकीको सञ्चालन रहेको कार्यक्रममा स्वागत मन्तव्य चेतराज भण्डारीले राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *