भद्रपुर, १४ कात्तिक /नेपाल भारत मैत्री संघले भद्रपुर-५स्थित मेची किनारमा बसोबास गर्दै आएका बाढी पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ । मैत्री संघको केन्द्रीय कार्यालयले यही कार्तिक पहिलो साता आएको अविरल वर्षाका कारण उत्पन्न बाढीले डुवानमा परेका ५६ परिवारलाई खाद्यान्न वितरण गरेको हो । संघका झापा अध्यक्ष प्रदिपमणि रेग्मीको अध्यक्षता तथा नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष तथा प्रदेश सभा सदस्य ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका प्रदेश १ अध्यक्ष टीकाराज ढकाल, उद्योग संघ झापाका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघ केन्द्रीय उपाध्यक्ष शैलेन्द्रकुमार झा, केन्द्रीय महासचिव बोधकृष्ण सुवेदी, संघका उदयपुर जिल्ला अध्यक्ष करुणा झा, भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की लगायतले सहयोग वारे मन्तव्य राख्दै १लाख५०हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको जनाइएको छ । राहत सामग्री वितरण कार्यक्रमको सञ्चालन संघका सचिव गणेश पोखरेलले गर्नुभएको थियो। Post Views: 261 Post navigation भद्रपुर गलगलिया नाकाबाट सवारी आवागमन शुरू सहारा साकोसको चन्द्रगढी एकाईको साधारण सभा सम्पन्न
विर्ता बजारमा रहेको दुर्गा मन्दिरमा बिजया दशमीको दिन लाग्ने मेलामा स्थानाभाव भएपछि सडकमै सन्थाल नृत्य २६ आश्विन २०८१, शनिबार २०:३७