• Sun. Sep 8th, 2024

फागुन ७ गतेबाट पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कप

BySaptahik Samachar

१९ पुष २०७९, मंगलवार १२:४४ १९ पुष २०७९, मंगलवार १२:४४ १९ पुष २०७९, मंगलवार १२:४४

गोपाल गिरी – – – – – – – –
भद्रपुर /झापाको सदरमुकाममा ‘भद्रपुर झापा गोल्ड कप,- को पहिलो संस्करण फागुन ७ गतेबाट सुरु हुने भएको छ । मेची रंगशालामा १८ वर्षपछि फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । भद्रपुर झापा गोल्डकप फागुन ७ गतेदेखि १६ गतेसम्म चन्द्रगढीको मेची रंगशालामा सञ्चालन गर्ने तयारी भइरहेको छ ।
प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति तीव्र रुपमा भइरहेको छ । त्यस्तै, प्यारापिट र भवनको रंगरोगन कार्य पनि सुरु भएको छ ।

गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापाको पुरानो मेची रंगशालालाई पुनर्जीवन दिन गोल्ड कप आयोजना गर्न लागिएको हो ।
त्यस्तै, जिल्लालाई फुटबलको हबको रुपमा विकास गराउन भद्रपुर झापा गोल्डकप आयोजना गरिएको ढकालले जानकारी दिनुभयो ।

गोल्ड कप आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार भद्रपुर झापा गोल्डकपको विजेता टोलीले उपाधिसहित १३ लाख र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै, प्रतियागिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने बताइएको छ ।

प्रतियोगितामा आयोजकको भद्रपर ११ सहित नेपालका ७, भारत र भुटानका तीन गरी १० टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुंगो केही दिनमै लगाइने वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गोल्ड कपको संरक्षकको रुपमा रहेको भद्रपुर नगरपालिकाले प्रतियोगिताका लागि ३० लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ ।

One thought on “फागुन ७ गतेबाट पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कप”

Leave a Reply

Your email address will not be published. Required fields are marked *