• Thu. Jul 31st, 2025

प्रादेशिक अस्पताल भद्रपुरलाई क्षयरोग संस्थाद्वारा एक्स रे मेसिन हस्तान्तरण

BySaptahik Samachar

९ फाल्गुन २०८०, बुधबार १७:४६ ९ फाल्गुन २०८०, बुधबार १७:४६ ९ फाल्गुन २०८०, बुधबार १७:४६

भद्रपुर ९,फागुन / भद्रपुरस्थित प्रादेशिक अस्पताललाई नेपाल क्षयरोग निवारण संस्थाले प्रिन्टरसहितको एक्स रे मेसिन हस्तान्तरण गरेको छ। अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइ ओ एमद्वारा क्षयरोग संस्थालाई प्रदान गरिएको Wireless Channel, High Voltage Dr System को RAD Speed MF X Ray र संगम बायो मेडिकल सोल्युशन विराटनगरले प्रदान गरेको X Ray Printer सहित बुधबार एक संक्षिप्त कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।

अस्पतालमा आयोजित कार्यक्रममा एक लाख १७ हजार ६ सय ३९ US $ अर्थात् डेढ करोड रूपैयाँभन्दा बढी मूल्य पर्ने एक्स रे मेसिन सेट क्षयरोग संस्थाका अध्यक्ष गोपालवहादुर थापाले मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामबाबु खड्कालाई प्रदान गरेको सम्झौता-पत्र हस्ताक्षर पछि आदानप्रदान भएको थियो।

कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की र वडाध्यक्ष गौरव सुब्बा-मनोजको साथै जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रतिनिधि वीरेन्द्र दासको पनि उपस्थिति रहेको थियो।
हस्ताक्षर पछि बोल्दै डाक्टर खड्काले अस्पतालमा विरामीको चाप बढ्दै गएको र एक्स रे मेसिनमा खरावी आएको बेला क्षयरोग संस्थाले एक्स रे मेसिन उपलव्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो। संस्थाका अध्यक्ष थापाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा वडाध्यक्ष सुब्बा र कार्यवाहक नगर प्रमुख कार्कीले पनि असल कार्य भनी प्रशंसा गर्नुभयो।
क्षयरोग निवारण संस्थाको भद्रपुरस्थित कार्यालयमा क्षयरोगीहरूको खकार जाँच तथा डट्स विधिबाट औषधि खुवाइने कार्यक्रम जारी रहेको छ। आज भएको सम्झौता पत्रमा पनि पहिचान भएका क्षयरोगीको एक्स रे निःशुल्क गरिने सहमति भएको सम्झौता पत्रमा उल्लेख छ।

क्षयरोग संस्थाका सचिव केदार महतले सञ्चालन गरेको कार्यक्रममा स्थानीय सामाजिक अगुवा तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

115 thoughts on “प्रादेशिक अस्पताल भद्रपुरलाई क्षयरोग संस्थाद्वारा एक्स रे मेसिन हस्तान्तरण”
  1. Khám phá các sòng bạc trực tuyến hàng đầu được xếp hạng năm 2025. So sánh tiền thưởng, lựa chọn trò chơi và độ tin cậy của các nền tảng hàng đầu để có trải nghiệm chơi game an toàn và bổ íchhoạt động casino

Leave a Reply

Your email address will not be published. Required fields are marked *