• Wed. Oct 16th, 2024

प्रादेशिक अस्पताल चोकमा निर्मित प्रतीक्षालयको उद्घाटन

BySaptahik Samachar

२३ आश्विन २०८१, बुधबार ११:०१ २३ आश्विन २०८१, बुधबार ११:०१ २३ आश्विन २०८१, बुधबार ११:०१

भदपुर जेसीजको इतिहास कायमै कलाकार प्रधानलाई सम्मान

भद्रपुर २३,असोज / मेची राजमार्ग अन्तर्गतको भद्रपुर खण्डमा पर्ने भद्रपुर-८ स्थित हस्पिटल चोकमा निर्मित कलात्मक यात्रु प्रतीक्षालयको उद्घाटन गरिएको छ ।
राजमार्गबाट प्रादेशिक अस्पताल जाने चोकमै
करिव पौने ८ को लाख लगानीमा निर्माण सम्पन्न भएको
बहुकलात्मक यात्रु प्रतीक्षालयको भद्रपुर नगर प्रमुख गणेश पोखरेलले आज उद्घाटन गर्नुभएको हो ।

   अस्पताल आवतजावत गर्ने यात्रुलाई लक्षित गरेर विसं.  २०४१ सालमा तत्कालीन भद्रपुर जेसीजका अध्यक्ष गोविन्दचन्द छेत्रीको नेतृत्वमा निर्माण गरिएको प्रतीक्षालय जीर्ण रूपमा रहिरहेकै अवस्थामा मेची राजमार्गको स्तर उन्नति हुँदा भत्काइएको थियो ।
पुरानो र जीर्ण प्रतीक्षालय भत्काएर सोही ठाउँमा कलाकार सञ्जय प्रधानको नेतृत्वमा निर्मित बहुकलात्मक प्रतीक्षालयको उद्घाटन गरिएको हो ।भद्रपुर ८ नम्वर वडा कार्यालयको समन्वयमा नगरपालिकाले गत वर्ष विनियोजन गरेको रकमबाट सो प्रतीक्षालय निर्माण भएको हो।

प्रतीक्षालय,१ सय ४० स्क्वायर फिटको छ भने भ्याट र  कन्टलजेन्सी सहित ७ लाख ६७ हजार६१५ रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको पूर्वाधार शाखा प्रमुख योगेन्द्र रञ्जितकारले बताउनु भयो।
भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन योगेन्द्र पौडेलले गर्नु भएको थियो ।कार्यक्रममा कलाकार प्रधानलाई नगरपालिकाले सम्मान समेत गरेको थियो।

One thought on “प्रादेशिक अस्पताल चोकमा निर्मित प्रतीक्षालयको उद्घाटन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *