• Wed. Nov 12th, 2025

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

BySaptahik Samachar

२५ कार्तिक २०८२, सोमबार १९:१९ २५ कार्तिक २०८२, सोमबार १९:१९ २५ कार्तिक २०८२, सोमबार १९:१९

भद्रपुर २५, कार्तिक / नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त हुनु भएको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई ३३ औँ आईजीपी नियुक्त गरेको हो । आगामी कार्तिक २७ गतेदेखि लागू हुने गरी कार्की प्रहरी प्रमुख बन्नु भएको हाे । उहाँ हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत हुनुहुन्छ ।

   प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कार्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक उहाँलाई नियुक्त गरेको हो ।
२०२९ सालमा गुल्मीमा जन्मिनुभएका कार्की २०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भइ प्रहरी सेवामा लाग्नु भएको हाे ।

15 thoughts on “प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *