• Thu. Dec 12th, 2024

प्रधानमन्त्री ओलीलाई भद्रपुर नगरप्रमुखद्वारा ज्ञापन

BySaptahik Samachar

२५ मंसिर २०८१, मंगलवार १७:२८ २५ मंसिर २०८१, मंगलवार १७:२८ २५ मंसिर २०८१, मंगलवार १७:२८

भद्रपुर २५,मङ्सिर / प्रधानमन्त्री केपी.शर्मा ओली समक्ष भद्रपुरका दुईवटा अधुरो भवन निर्माणका लागि ध्यान आकृष्ट गराउँदै भद्रपुर नगर पालिकाले ज्ञापन पत्र बुझाएको छ।
भद्रपुर-८ मा दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी शिलान्यास भएको गिरिजाप्रसाद कोइराला सभागृह (जीपी.भवन ) र भद्रपुर-३ को अरनिको माध्यमिक विद्यालयको भवन निर्माण कार्य ठेकेदार कम्पनीले अधुरो छोडेकोले प्रधानमन्त्री ओली समक्ष भद्र्‍पुर नगरपालिकाका प्रमुख गणेश पाेखरेलले हिजो विर्तामोडमा ज्ञापन पत्र बुझाउनु भएको हो।
नगर प्रमुख पोखरेलले बुझाएको ज्ञापन पत्रमा प्रधानमन्त्रीको गृह जिल्ला,झापाको सदरमुकाम भद्रपुरमा रहेको जीपी भवन नेपालको राजनीतिक दलको सहकार्य र समन्वयको प्रतीकको रूपमा रहेको भने ध्यानाकर्षण गराइएकोछ।

तत्कालीन प्रधानमन्त्री शुशील कोइराला, वर्तमान प्रधानमन्त्री ओली, नेकपा.माओवादी केन्द्रका पुष्पकमल दाहालले २०७२ असार २८ गते जीपी भवनको शिलान्यास गरेका थिए। १२ करोड ७२ लाख ६९ हजार १सय ३२ रूपैयाँमा प्रेरा/साह इन्जिनियरिङ जे.भी.धापाखेल ललितपुर ले भवन निर्माणको जिम्मा लिएको हो।हालसम्म भवनको निर्माण कार्य ४० प्रतिशत पनि भएको छैन भने ठेकेदार कम्पनीले ७५ प्रतिशत बढी रकम लगिसकेको स्रोतले बताएको छ।
त्यस्तै,भारतीय दूतावासको सहयोगमा २०७१ साल फागुनमा ३ करोड ८४ लाख ५६ हजार ७ सय ५८ रूपैयाँमा सातदोबाटो ललितपुरको राजधानी निर्माण कम्पनीले ठेक्का लिएको अरनिको मावि.को भवन पनि अधुरो छ। यो भवनको आधा पनि काम पुरा भएको छैन। लगभग एक दशकदेखि निर्माण कार्य स्थगित भएका यी दुवै भवनमा हालसम्म बनेका संरचना पनि भत्कन थालेको ज्ञापन पत्रमा उल्लेख छ।

सरकारले ठेकेदार कम्पनीसँग पटक पटक म्याद थप्दासमेत निर्माण कार्य अघि बढ्न नसकेकाले निर्माण कार्यको कानुनी र प्रक्रियागत जटिलताको अन्त्य गर्न ठोस पहलको अपेक्षा सहित ज्ञापन पत्र बुझाइएको नगरप्रमुख पाेखरेलले बताउनु भएको छ ।
भवन निर्माणका लागि नेकपा.एमालेका झापा अध्यक्ष प्रेम गिरी र नेपाली काङ्ग्रेस झापा सभापति देउकुमार थेवेले पनि  प्रधानमन्त्री ओलीको ध्यान आकर्षण गर्न सहजीकरण गरेका थिए।

3 thoughts on “प्रधानमन्त्री ओलीलाई भद्रपुर नगरप्रमुखद्वारा ज्ञापन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *