• Thu. Sep 19th, 2024

प्रजातन्त्र सेनानी संघद्वारा भूर्तेल र भण्डारीलाई सम्मान

BySaptahik Samachar

२ आश्विन २०८१, बुधबार २०:५२ २ आश्विन २०८१, बुधबार २०:५२ २ आश्विन २०८१, बुधबार २०:५२

भद्रपुर २,असोज / प्रजातन्त्र सेनानी संघ झापाको नवगठित समितिले भद्रपुरको मेची पुलको पुरानो इतिहाससॅग सम्बद्ध दुई ऐतिहासिक व्यक्तित्वलाई सम्मान गरेको छ।
२०२८ सालमा मेची पुल बनाउन सङ्कलन गरिएको रकम तत्कालीन युवराज वीरेन्द्रलाई बुझाइएको विरुद्ध आन्दोलन गर्ने भद्रपुरका दिव्य भूर्तेल र मेचीनगरका याम भण्डारीलाई सम्मान गरिएको हो।
मेची पुल बनाउन खातिर त्यतिबेला धान चामल निकासीबाट उठाइएको लगभग २८ लाख रूपैयाँ युवराजलाई टक्राएको विरोधमा आन्दोलन गर्दा तत्कालीन सरकारले उहाँहरूलाई ३ वर्ष जेलमा थुनेको थियो।

त्यसकारण पनि सो घटनालाई ताजा बनाउँदै बुधवार नव गठित प्रजातन्त्र सेनानी संघले गठनपछि भद्रपुरको मेची पुलमै पहिलो कार्यक्रम आयोजन गर्दै उपलब्ध दुई व्यक्तित्वको सम्मान र सो घटनामा जेल परेका शिव भूर्तेल, मोहनलाल अग्रवाल लगायतलाई स्मरण गरेको जनाएको छ ।
कार्यक्रममा सेनानी संघका झापा अध्यक्ष सिटौला,उपाध्यक्ष ज्ञानमणि भूर्तेल, सञ्चारकर्मी चन्द्र भण्डारी र सम्मानितद्वय भूर्तेल र भण्डारीले मन्तव्य राख्नुभएको थियो ।

One thought on “प्रजातन्त्र सेनानी संघद्वारा भूर्तेल र भण्डारीलाई सम्मान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *