• Tue. Jan 27th, 2026

पोटासको नक्कली मल बनाउने र बिक्री गर्ने पक्राउ

BySaptahik Samachar

३० कार्तिक २०७८, मंगलवार ०७:४३ ३० कार्तिक २०७८, मंगलवार ०७:४३ ३० कार्तिक २०७८, मंगलवार ०७:४३

भद्रपुर ३० कात्तिक / झापाको सुरुङ्गाबाट नक्कली पोटास मल बनाउने र बिक्री गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले नक्कली मल बनाउने ठाउँबाट नक्कली पोटास मल समेत बरामद गरेको छ।
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गाका तिलक पौड्यालको घरबाट नुनमा रातो माटो मिसाएर बनाएको नक्कली पोटास मल बरामद गरेको हो।
प्रहरीले विक्रीका लागि तयारी अवस्थामा राखिएको १६ बोरा नक्कली पोटास मल बरामद गरिएको इलाका प्रहरी कार्यालय सुरूङ्गाले जनाएको छ।
गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले केही बोरा नुन र रातो माटो, बोरा सिलाउने सियो धागो र करिव ५० वटा खाली नुनका बोरा फेला पारेको छ। सुरुङ्गा बजारमा रहेको भट्टराई कृषि भण्डारमा विक्रीका लागि राखिएको १३ बोरा नक्कली तयारी पोटास मलसमेत फेला परेको प्रहरीको भनाइ छ।
प्रहरीलाई देख्नासाथ नक्कली पोटास मल बनाउने ४ जनाको समूह भागेको थियो। प्रहरीले घरधनी, अटोरिक्सा चालकसमेत रहेका तिलक पौडेल र नक्कली मल विक्री गर्दै आएका भट्टराई कृषि भण्डारका कमल भट्टराईलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बिर्तामोड पठाएको छ।

43 thoughts on “पोटासको नक्कली मल बनाउने र बिक्री गर्ने पक्राउ”
  1. Cashback: 10 jeśli saldo jest ujemne przez miesiąc. Dodawany na konto bonusowe, wymóg obrotu x5, aktywacja w ciągu 14 dni. 100 Bonus od depozytu – min. 1 PLN – x35 – bez limitu czasu Do 100 FS – brak depozytu – x20 – bez limitu czasu 10 cashback – brak depozytu – x5 – ważny 14 dni.

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *