भद्रपुर २१,माघ / सरस्वती पूजाको अवसरमा भद्रपुर- ८ को पृथ्वी आधारभूत विद्यालयमा शुद्ध पिउने पानीको लागि जडान भएको फिल्टर उद्घाटन गरिएको छ। भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पोखरेल र दाता परिवारका तर्फबाट शिक्षासेवी टहलदास अधिकारीले संयुक्त रूपमा फिल्टरको उद्घाटन गर्नु भएको हो।
बाल सखा समूह र पूर्व विद्यार्थी समाजको पहलमा पूर्व विद्यार्थी सुमन अधिकारीको १ लाख ७० हजारको लगानी सहयोगमा विद्यार्थीहरूका लागि शुद्ध पानी पिउने व्यवस्थाका लागि निर्माण भएको फिल्टरमा डेढसय लिटर पानी अट्ने क्षमता छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त खवासको अध्यक्षतामा विद्यालयमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पोखरेल र दाताका तर्फबाट शिक्षासेवी अधिकारीले मन्तव्य राख्नुभएको थियो।
प्रधानअध्यापक रमा गौतमले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष खवासले स्वागत मन्तव्य सहित दातालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
selamat datang di bandar togel terbaik, situs rtp resmi dan terpercaya
selamat datang di bandar togel terbaik, situs toto resmi dan terpercaya