
भद्रपुर,२८ फागुन /भद्रपुर नगरपालिकाका पूर्व जनप्रतिनिधि डम्बर वर्माको निधन भएको छ । भद्रपुर नगरपालिका वडा नम्बर ५ निवासी उहाँको गएराति सवा १० वजे निजी निवास भद्रपुरमा निधन भएको हो ।उहाँ ६५ बर्षको हुनुहुन्थ्यो। एक साता अघि व्रेन हेमरेज भएर स्थानीय ओमसाई पाथीभरा हस्पिटलमा अप्रेसन पछि घरमै उपचाररत उहाँ धार्मिक तथा सामाजिक कार्यमा सँधै अग्रसर रहनुहुन्थ्यो।विशेष गरेर भद्रपुर मेचीनदि किनारमा लाग्ने छट पूजा र श्री कृष्ण रथ यात्रामा उहाँको सक्रियता उल्लेख्य थियो।
भद्रपुर नगरपालिकाको २ नं वडामा दुई पटक वडाध्यक्ष रहिसक्नु भएका उहाँ सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको संस्थापक अध्यक्ष तथा हाल पशुपति आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्थ्यो। उहाँको श्रीमती र ३ छोरीहरु हुनुहुन्छ । निजको पार्थिव शरिरको अन्तेष्टी आजै मेची नदिमा गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।
Sitedeki tüm içerikler SEO uyumlu ve kullanıcıyı yanıltmıyor. Ankara escort arayan herkes için güvenilir bir kaynak.
Sitedeki tüm profiller özenle seçilmiş, fotoğraflar gerçek ve tutarlı. Özellikle Ankara escort arayanlar için güvenli bir ortam sunuyor.