• Sun. Jun 1st, 2025

पाथीभरा हस्पिटलद्वारा अपाङ्गताका लागि स्वास्थ्य शिविर

BySaptahik Samachar

२४ चैत्र २०८०, शनिबार १८:२४ २४ चैत्र २०८०, शनिबार १८:२४ २४ चैत्र २०८०, शनिबार १८:२४

उपचारमा ५० प्रतिशत छुट दिने घोषणा

भद्रपुर २४,चैत / ओम साई पाथीभरा हस्पिटल भद्रपुरले अपाङ्गता पुनर्स्थापना केन्द्रमा रहेकाहरूलाई केन्द्रित गरी निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ। हस्पिटलले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापाको भद्रपुर – ४ स्थित आवासीय पुनर्स्थापना केन्द्रमा राखिएका अपाङ्गता भएकाहरूलाई शनिबार स्वास्थ्य परीक्षण गरेको हो।
सो केन्द्रमा रहेका अपाङ्गता भएकाहरूलाई प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् महिनामा एक दिन निःशुल्क स्वास्थ्य परीक्षण गरिने कार्यक्रम नै बनाइएको अस्पतालका प्रवन्ध निर्देशक बालकुमार पोखरेल ‘साइराम’ – ले बताउनुभयो। उहाँले अपाङ्ग केन्द्र झापाले सिफारिस गरेका अपाङ्गता भएकाहरूको उपचारमा अस्पतालले ५० प्रतिशत छुट दिनेसमेत घोषणा गर्नुभयो।

चिकित्सकसहितको प्राविधिक टोलीले आज पहिलो पटक आयोजना गरेको शिविरमा अस्पतालले निःशुल्क औषधि समेत वितरण गरेको पाथीभरा अस्पतालका व्यवस्थापक दीप पौडेलले जानकारी दिनुभयो।
अपाङ्गता पुनर्स्थापना केन्द्रमा हाल १५ जना आवासीय रुपमा रहेको पुनर्स्थापना केन्द्रका प्रमुख केदार महतले बताउनुभयो।

8 thoughts on “पाथीभरा हस्पिटलद्वारा अपाङ्गताका लागि स्वास्थ्य शिविर”
  1. Эта статья предлагает живое освещение актуальной темы с множеством интересных фактов. Мы рассмотрим ключевые моменты, которые делают данную тему важной и актуальной. Подготовьтесь к насыщенному путешествию по неизвестным аспектам и узнайте больше о значимых событиях.
    Изучить вопрос глубже – https://medalkoblog.ru/

Leave a Reply

Your email address will not be published. Required fields are marked *