• Sat. Feb 1st, 2025

पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को उपाधि एभरेस्ट स्मार्ट विर्तामोडलाई

BySaptahik Samachar

१८ माघ २०८१, शुक्रबार १९:३९ १८ माघ २०८१, शुक्रबार १९:३९ १८ माघ २०८१, शुक्रबार १९:३९

भद्रपुर १९,माघ / भद्रपुरमा जारी पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को उपाधि एभरेस्ट स्मार्ट विर्तामोडले हात पारेको छ।आयोजक विद्यालय ग्यालेक्सी इङ्ग्लिस स्कुल भद्रपुरलाई २ शुन्यले पराजित गर्दै एभरेस्टले उपाधि हात पारेको हो ।
   ग्यालेक्सी इङ्ग्लिस स्कुल भद्रपुरको आयोजनामा मङ्गलबारबाट शुरू प्रतियोगिताका विजेता र उप विजेतालाई शील्ड, कप र प्रमाणपत्र प्रदान गरिएको थियो।
भद्रपुर नगर पालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फाइनल बिजेता विद्यालय एभरेस्टका सैरूज देवकोटा प्लेयर अफ द म्याच र वेस्ट मिडफिल्डर , सक्षम तामाङ बेस्ट गोलकिपर, मिलन दाहाल बेस्ट फरवार्ड घोषित हुँदै पुरस्कृत भए।

त्यस्तै, उपविजेता ग्यालेक्सीका खेलाडीहरू प्रशान्त साह बेस्ट डिफेन्डर, निमेष राई हाइयर स्कोरर,कविराज सन्जेल प्लेयर अफ द टुर्नामेण्ट र अंश धिमाललाई राइजिङ प्लेयरका रूपमा पुरस्कृत गरिएको बिद्यालयका सहायक प्रधानाध्यापक विवेक चम्लागाईंले जानकारी दिनुभयो। कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई सहभागी गराइएको अन्तर विद्यालय टुर्नामेण्टमा मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिका अन्तर्गतका १४ वटा विद्यालयहरू बीच प्रतिष्पर्धा हुँदैछ।

Related Post

भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको गेटमा सुविधायुक्त एअरपोर्ट होटल खुलेको छ। भद्रपुरमा सुविधासम्पन्न होटलको खाँचो यो होटलले पूरा गर्ने यसका सञ्चालकको विश्वास छ ।होटलमा Five स्टार स्तरको Deluxe, Suite र Double Suite गरी १७ वटा कोठामा ४५ जनासम्म मानिसलाई ब्रेकफास्ट सहितको सहुलियत दरमा सुलभ र सुविधायुक्त बेडमा आरामसँग सुत्न-बस्न तथा कन्टिनेन्टल,इण्डियन, चाइनिज र तन्दुरी खानाको बन्दोबस्त छ। होटल सञ्चालक दीपेश ढकालका अनुसार, होटलसँगै गणपति बेकरी पनि सञ्चालनमा छ।त्यहाँ कफीका विभिन्न स्वाद र आइटम,बेकरीहरू र पिज्जा,बर्गर पनि पाइने हुनाले अब पाहुनाहरूले वाहिर भौतारिनु पर्ने अवस्था रहदैन।होटलमा नेपाली मौलिक परिकारहरू र नेपाली खाना पनि पाइन्छ। सेकुवा, छोइला र ममका परिकारहरू शुरू भइसकेको छ।यही माघ २६,२७ र २८ गते होटलको उद्घाटन छ,सञ्चालक ढकालका अनुसार, उद्घाटनका अवसरमा खाना नास्ताका आइटममा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
भद्रपुर झापा गोल्ड कपको दोस्रो संस्करणः दर्शकलाई पुरस्कारै पुरस्कार
भद्रपुर झापा गोल्डकपका दर्शकलाई पुरस्कारै पुरस्कार
3 thoughts on “पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को उपाधि एभरेस्ट स्मार्ट विर्तामोडलाई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed