
चित्रकलामा शारदाका रजत राजवंशी प्रथम
भद्रपुर २७,असोज / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको १८ औं साधारण सभा सम्पन्न भएको छ। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र उपशाखा भद्रपुरका सभापति गोपाल गिरीको सभापतित्वमा भएको साधारण सभा सम्पन्न भएको हो।


साधारण सभामा रेडक्रसकर्मी तथा समाजसेवी छत्रप्रसाद अधिकारीद्वारा पिता-माताको स्मृतिमा स्थापित लालप्रसाद-सुभद्रा अधिकारी स्मृति पुरस्कार समेत वितरण गरिएको थियो। रेडक्रसकर्मी तथा समाजसेवी छत्रप्रसाद अधिकारीद्वारा पिता-माता लालप्रसाद अधिकारी -सुभद्रा अधिकारीको स्मृतिमा राखेको रू. १ लाखको ब्याजबाट पुरस्कार प्रदान गरिएको भद्रपुर उपशाखाले जनाएको छ ।


नेरेसो भद्रपुर उपशाखा अन्तरगत गठन भएका जुनियर तथा युवा रेडक्रस सर्कल बीच गरिएको चित्रकला प्रतियोगितामा उत्कृष्ट तीन विद्यालयका छात्र छात्राको चित्र छनोटमा परेर पुरस्कृत गरिएको हो।पुरस्कृत हुनेहरूमा शारदा आधारभूत विद्यालयका रजत राजवंशी प्रथम, पुहाँतु जनज्योति माविका इशान घिमिरे – दोस्रो, वीरेन्द्र माविका नेत्र महतो तेस्रो र भद्रपुर माविका शुभम् राईलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ।



भद्रपुरका ६ वटा विद्यालयका १२ जना विद्यार्थी सहभागी प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ३ हजार, २ हजार, १५ सय र सान्त्वनालाई नगद रू ५सय सहित सहभागी सवैलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, विशिष्ट अतिथि उपप्रमुख राधा कार्की, ८ नम्वर वडाध्यक्ष गौरव सुब्बा मनोज, नेपाल रेडक्रस सोसाइटी झापा शाखाकी उपसभापति मन्जु सिटौला पोखरेल र पुरस्कारका संस्थापक छत्रप्रसाद अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो।


कार्यक्रममा स्वागत मन्तव्य उपशाखाकी उपसभापति शर्मिला अधिकारीले गर्नुभएको थियो भने कोषाध्यक्ष रमेश भण्डारीले आर्थिक प्रतिवेदन र सचिव केदार महतले कार्यक्रम सञ्चालनसहित सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.info/join?ref=P9L9FQKY
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Çankaya’da bir süredir aradığım kaliteli ve güvenilir deneyimi nihayet bu sitede buldum. Çankaya escort arayanlara kesinlikle tavsiye ediyorum.
İlk defa bir escort sitesinde bu kadar detaylı ve kullanıcı dostu filtreleme gördüm. Ankara escort kategorisindeki çeşitlilik çok etkileyici.
Seçenek fazlalığı ve filtreleme özellikleri sayesinde en doğru Çankaya Escort modeline çok hızlı ulaşabildim. Teşekkürler Ankara Escort Rehberi.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.
Biopsi Punchları kategorisinden alışveriş yaptım. Biopsi Punchları ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
Varis Çorapları kategorisinden alışveriş yaptım. Varis Çorapları ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.