• Thu. Nov 13th, 2025

नेपाल जेसीजको ५३ औं राष्ट्रिय महाधिवेशन भद्रपुरमा

BySaptahik Samachar

१० पुष २०८१, बुधबार ०६:४५ १० पुष २०८१, बुधबार ०६:४५ १० पुष २०८१, बुधबार ०६:४५

भद्रपुर १०,पुस / नेपाल जेसीजको ५३ औं राष्ट्रिय महाधिवेशन भद्रपुरमा हुने भएको छ।भद्रपुर जेसीजले आफ्नो ५० औं स्थापना (स्वर्णजयन्ती) को उपलक्ष्यमा आगामी महाधिवेशनको आतिथ्य गर्न bidding गर्दा सम्पन्न निर्वाचनबाट भद्रपुर जेसीजले महाधिवेशन प्राप्त गरेको भद्रपुर जेसीजका महासचिव सरोज ढकालले जानकारी दिनुभयो।

नेपाल जेसीजको वर्ष २०२५ का लागि राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित हुनुभएको छ। इटहरीमा पुस ६,७ र ८ गते भएको ५२ औं राष्ट्रिय महाधिवेशनले थापालाई निर्वाचित गरेको हो।

बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँ वर्ष उत्कृष्ट शाखा अध्यक्षबाट सम्मानित

   यसैबीच नेपाल जेसीजको हालै सम्पन्न राष्ट्रिय महाधिबेशनबाट बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँ वर्ष उत्कृष्ट शाखा अध्यक्षबाट सम्मानित हुनु भएको छ ।
यही पुस ६ गतेदेखि ८ गतेसम्म इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१औँ राष्ट्रिय महाधिबेशनबाट जेसीजका १७८ वटा शाखा मध्येबाट बानियाँलाई वर्षकै सक्रिय अध्यक्षको अवार्डबाट सम्मान गरिएको हो ।

अध्यक्ष बानियाँलाई नेपाल जेसीजका वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रबिन पोखरेलले सम्मान गर्नुभएको थियो।
बानियाँले बाहुनडाँगी जेसीजको नेतृत्व सम्हाले यता ६१ वटा उत्कृष्ट कार्यक्रम सम्पन्न गरेको बताइएको छ । यसैगरी, बाहुनडागी जेसीज १२ महिना अवार्ड पाउने शाखाको रुपमा समेत सम्मानित भएको छ ।
नेपाल जेसीजले दिएका टाक्सहरुलाई पूरा गर्दै बाहुनडाँगी जेसीजलाई १०० प्रतिशत एफिसेन्सी अवार्डबाट सम्मान गरिएको हो।

11 thoughts on “नेपाल जेसीजको ५३ औं राष्ट्रिय महाधिवेशन भद्रपुरमा”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *