• Fri. Oct 18th, 2024

नगर प्रमुख श्रेष्ठद्वारा भद्रपुरका चार वडामा एकै दिन चार वटा स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

BySaptahik Samachar

५ मंसिर २०७८, आईतवार १९:४२ ५ मंसिर २०७८, आईतवार १९:४२ ५ मंसिर २०७८, आईतवार १९:४२

भद्रपुर, ५मंसिर/भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुरका ४ वटा वडामा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्नु भएको छ । नगर प्रमुख श्रेष्ठले भद्रपुरको ४,६,७ र १० न. वडामा निर्माण भएको स्वास्थ्य सेवा केन्द्रको आज आयोजित अलग अलग कार्यक्रममा स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।
प्रदेश सरकारको आर्थिक लगानी र भद्रपुर नगरपालिकाको व्यवस्थापनमा विभिन्न दाता महानुभावहरुले उपलव्ध गराएको जग्गामा स्वास्थ्य केन्द्र निर्माण भएको छ ।
भद्रपुर नगरपालिकाका इन्जिनियर योगेन्द्र रन्जितकारका अनुसार , ४ न. वडामा २२ लाख ९१ हजार ३ सय ५७ रुपैयाँ , ६ न. वडामा ३३ लाख ५४ हजार ४ सय ८४ रुपैयाँ , ७ न. वडामा २२ लाख ५२ हजार ७५३ र १० न. वडामा ३२ लाख ३ हजार ३ सय ६६ रुपैयाँको लागतमा ३ वटा कोठा र एउटा शौचालय सहितको एकतल्ले पक्की भवन वनेको हो ।
७ सय वर्ग फिटको स्वास्थ्य केन्द्रमा वरण्डा र फरक क्षमता भएकाहरुका लागि व्हील चेयर जानसक्ने गरी डिजाइन गरेर निर्माण गरिएको इन्जिनियर रन्जितकारले वताउनुभयो ।
स्वास्थ्य सेवा केन्द्रको उद्घाटनका लागि आयोजित कार्यक्रममा सम्वन्धित वडा अध्यक्षहरुको सभापतित्व रहेको भद्रपुर नगरपालिकाकी संचार संयोजक गंगा बरालले बताउनुभयो ।

यसक्रममा ७ न. वडामा वडा अध्यक्ष विनोद प्रसाद पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा जग्गा दाता फुलसिंह राजवंशी र उहाँका सुपुत्र विकास राजवंशीलाइ सम्मान गरिएको थियो । दाता राजवंशीले स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि २० लाख वढी मूल्य पर्ने एक कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, जग्गादाता फुलसिंह राजवंशी, राप्रपा प्रतिनिधि सीता लम्साल र टोल विकास समितिका अध्यक्ष भीम कोइरालाले मन्तव्य राख्नु भएको थियो ।
कार्यपालिका सदस्य मित्रा भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन ७ नं वडा सचिव हिरण्य नेउपानेले गर्नुभएको थियो ।

7 thoughts on “नगर प्रमुख श्रेष्ठद्वारा भद्रपुरका चार वडामा एकै दिन चार वटा स्वास्थ्य सेवा केन्द्रको उद्घाटन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *