• Sun. Sep 8th, 2024

नगर प्रमुख/उपप्रमुखलाई भद्रपुर स्काउटद्वारा शुभकामना

BySaptahik Samachar

२३ जेष्ठ २०७९, सोमबार २०:२९ २३ जेष्ठ २०७९, सोमबार २०:२९ २३ जेष्ठ २०७९, सोमबार २०:२९

भद्रपुर २२, जेठ /झापा भद्रपुरका स्काउटरहरूले भद्रपुर नगर पालिकाका नव निर्वाचित नगर प्रमुख तथा उपप्रमुखलाई स्वागत सम्मान गरेका छन्। नेपाल स्काउटको भद्रपुर नगर तदर्थ समितिको आयोजनामा तदर्थ समितिका संयोजक बिबेक चौलागाईंको अध्यक्षतामा सोमबार नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र बिशिष्ट अतिथि नगर उपप्रमुख राधा कार्की सहित भद्रपुरका नव निर्वाचित पदाधिकारीको कार्यकाल सफलताकाे कामना गर्दै शुभकामना व्यक्त गरिएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, प्रदेश १ का स्काउट तदर्थ समितिका सदस्य अरुण बस्नेत, पूर्व सह जिल्ला आयुक्त सीताराम पोखरेल, सहायक राष्ट्रिय प्रशिक्षक शिवानी देवान, शिक्षा शाखाका कर्मचारी, नगर तदर्थ समितिका सदस्य र भद्रपुर नगरका स्काउटरहरूको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा नगर प्रमुख र उप प्रमुखहरुलाई स्काउटको स्काफ लगाई दिदैं भद्रपुर नगरपालिकामा हालसम्म गरेका स्काउट गतिविधि र पछि गर्ने कार्यक्रमको बारेमा प्रदेश सदस्य अरुण बस्नेतले जानकारी गराउनु भएको थियो।संक्षिप्त कार्यक्रममा भद्रपुर नगर पालिकासंग सहकार्य गर्दै भद्रपुर भरिका सामुदायिक बिद्यालयमा स्काउट गतिविधि संचालन गर्ने कुरामा जोड दिदै नगर संयोजक बिबेक चौलागाईंले बार्षिक कार्यक्रम र बजेटको बारेमा प्रकाश पार्नुभयो। सो कार्यक्रममा मन्तव्य राख्ने क्रममा नगर प्रमुख पोखरेल र उपप्रमुख कार्कीले स्काउटलाई विद्यालय तहमा अगाडि बढाउन भद्रपुर नगर पालिकाले यथासम्भव सहयोग गर्दै आएको र अब आउने दिनमा अझ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । सो कार्यक्रमको सञ्चालन स्काउटर भगिरथ नेपालले गर्नु भएको थियो ।

263 thoughts on “नगर प्रमुख/उपप्रमुखलाई भद्रपुर स्काउटद्वारा शुभकामना”
  1. 1xbet официальный сайт мобильная версия: 1xbet – 1xbet официальный сайт мобильная версия

Leave a Reply

Your email address will not be published. Required fields are marked *