भद्रपुर २६ मंसिर/बाल मैत्री नगर पालिका भद्रपुरले हिजो अन्तर बिद्यालय नृत्य प्रतियोगिता गरेको छ।पौष ७ गते मनाइने बालमैत्री दिवसका अवसरमा प्रस्तुत गरिने उत्कृष्ट नृत्य छनौट गर्ने प्रयोजनका लागि प्रारम्भिक चरणको प्रतियोगितात्मक छनौट कार्यक्रम गरिएको हो। प्रदेशकै पहिलो बाल मैत्री नगर पालिका घोषणा भएको भद्रपुरले हरेक वर्षको पौष ७ गतेलाई बालमैत्री दिवस मनाउने निर्णय गरेको छ। श्रीकृष्ण द्वैपायन गुरूकुल वेद विद्याश्रममा आयोजित छनौट कार्यक्रमको अध्यक्षता वाल मैत्री नगर पालिका भद्रपुरका प्रमुख जीवनकुमार श्रेष्ठले गर्नुभएको थियो। भद्रपुर नगरका माध्यमिक र आधारभूत तहका गरी २६ वटा विद्यालयले सहभागिता जनाएको छनौट प्रतियोगितामा दुवै तहका ३/३वटा गरी ६ वटा विद्यालय छनौट भएको भद्रपुर नगर नृत्य शिक्षक कृति राईले जानकारी दिनुभयो।राईका अनुसार आधारभूत तहमा वीरेन्द्र मा.वि.प्रथम,हिमाली मा.वि.दोस्रो र सीता आधारभूत विद्यालय तेस्रो तथा मा.वि.तहमा सगरमाथा, प्रज्ञा एकाडेमी र हिमाली मा.वि.क्रमशः प्रथम,द्वितीय र तृतीय भएका छन्। छनौट कार्यक्रममा वीरेन्द्र माविका प्रधानाध्यापक खिलराज कोइराला,भद्रपुर नगर शिक्षा शाखा प्रमुख प्रेमवहादुर भूजेल र वाल मैत्री फोकल पर्सन टिकाराम पाण्डेले नृत्यका वारेमा मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगर वाल मैत्री अध्यक्ष भावना पोखरेल र सचिव दिव्या काफ्लेले गर्नुभएको थियो। प्रतियोगिताको निर्णायकमा नृत्य प्रशिक्षक कृति राई र रोमन जोगी रहनु भएको कार्यक्रम संचालक पोखरेलले जानकारी दिनुभयो। Post Views: 356 Post navigation दूर्व्यसन विरुद्ध सचेतना कार्यक्रम भद्रपुर भन्सारका चार कर्मचारी विरुद्ध मुद्दा दायर
पत्रकार महासंघ झापाका निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले गर्यो सम्मान ५ पुष २०८१, शुक्रबार २०:२९