• Sun. Dec 22nd, 2024

देवकोटा भवनको अध्यक्षमा पुनः चापागाईं

BySaptahik Samachar

३० मंसिर २०८१, आईतवार १०:५३ ३० मंसिर २०८१, आईतवार १०:५३ ३० मंसिर २०८१, आईतवार १०:५३

भद्रपुर ३०,मंसिर / झापा,भद्रपुर-६ मा रहेको देवकोटा स्मृति भवनको अध्यक्षमा राजेन्द्र चापागाईं पुनः निर्वाचित हुनुभएको छ । हिजो भएको भवनको वार्षिक साधारण सभा तथा अधिवेशनबाट चापागाईंको अध्यक्षतामा कार्यसमिति पुनर्गठन भएको हो।
पुनर्गठित समितिको उपाध्यक्षमा भूपेन्द्र गौतम, सचिवमा चुडामणि वशिष्ठ, सहसचिवमा अनिता अधिकारी र कोषाध्यक्षमा बद्री आचार्य सर्वसम्मत चयन हुनुभएको छ।
त्यस्तै, ईन्द्रकान्त झा, सुष्मा गौतम, सरिता भण्डारी, दुष्यन्त रायमाझी,प्रभा ढकाल र गोविन्द भण्डारी सदस्य रहनु भएको अध्यक्ष मण्डलका डाक्टर पृथ्वीबिक्रम राईले जानकारी दिनुभयो।

यस अघि भद्रपुर नगर पालिकाका ६ नम्बर वडाअध्यक्ष रतिया राजवंशीको प्रमुख आतिथ्य र भवनका अध्यक्ष राजेन्द्र चापागाईंको अध्यक्षतामा साधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। अध्यक्ष चापागाईंले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बद्री आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको साधारण सभालाई प्रमुख अतिथि वडाअध्यक्ष राजवंशी,डाक्टर पृथ्वीबिक्रम राई,पूर्व वडाअध्यक्ष प्रेम बरुवाल
, दिदी बहिनी समूहकी अध्यक्ष शान्ता बराल र चेलीबेटी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष चन्द्रकला गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *