• Thu. Jan 15th, 2026

‘ दल भन्दा माथि देश ‘

BySaptahik Samachar

२७ पुष २०८२, आईतवार १०:५७ २७ पुष २०८२, आईतवार १०:५७ २७ पुष २०८२, आईतवार १०:५७

गोपाल गिरी

पार्टीमा सबै मानिस खराब हुँदैनन्। तर संसदमा खराब प्रवृत्तिका मान्छेहरूको बाहुल्य रहँदा नै देशले गति लिन सकेन। विगतका संसदहरूमा पनि हरेक दलभित्रका असल पात्रहरू थिए, तर उनीहरूको आवाज पार्टीले सुन्दै सुनेन। नेपालका राजनीतिक दलहरूको वास्तविक समस्या पार्टीगत प्रणालीभन्दा बढी नेतृत्वकेन्द्रित रजाइँ शासन हो। बहुमतको नाममा सत्य र सही कुरा ओझेल पारिन्छ, पार्टीले आफूलाई मात्र अनुकूल हुने नीति बनाउँछ र आफू नजिकका व्यक्तिलाई अगाडि ल्याएर दललाई निजी स्वार्थमा बाँध्छ। यसैका कारण देश नै बन्धक बन्न पुगेको छ।
आजका राजनीतिक दृश्यहरूले साधारण नागरिकलाई पनि लज्जित बनाउने अवस्था सिर्जना गरिसकेको छ। आफ्नै कार्यकर्ताका गलत हर्कतमा आँखा चिम्लने, उल्टै त्यस्ता कर्मलाई प्रोत्साहन गर्ने प्रवृत्ति बढ्दै गएको छ। यही विकृतिविरुद्ध असन्तुष्ट नयाँ पुस्ताबाट स्वाभाविक विद्रोह उठेको हो। तर यस विद्रोहलाई पनि बदनाम गर्न विदेशी चलखेलको कथा बुन्ने र भ्रम फैलाउने काम भइरहेको छ। पुराना पार्टीहरू अझै पनि देशको विरासत आफैँले बोकिरहेको जस्तो देखाएर मतदातालाई फेरि पुनः भ्रममा पार्ने कोशिसमै छन्। यस्तो अवस्थामा हरेक मतदाता मात्र होइन, नयाँ राजनीतिक शक्तिहरू पनि उतिकै सचेत र जिम्मेवार हुन आवश्यक छ।
आगामी फागुन २१ गतेको निर्वाचनमा होमिन तयारीमा रहेका नयाँ राजनीतिक दलहरू—जस्तै बालेन साह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल पार्टी, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र नागरिकको भरोसा कायमै राख्न सफल राप्रपासमेत—प्रति जनताको केही आशा अपेक्षा छ। सम्भव भए देश र जनताको हितलाई प्राथमिकता दिँदै यी दलबीच एकता गर्न सकियोस्। यदि त्यो सम्भव छैन भने कम्तीमा पनि एकल सत्ता कब्जा गर्ने स्वार्थी सोच त्यागेर, असल पात्रलाई जिताउने साझा रणनीति बन्नु जरुरी छ।
किनकि अहिलेको राजनीतिक वातावरणले कुनै पनि दलले स्पष्ट बहुमत हासिल गर्ने अवस्था देखिएको छैन। परिणामतः फेरि पनि खिचडी सरकार बन्ने, अस्थिरता दोहोरिने र देश दिशाहीन बन्ने खतरा यथावत छ। विगतको अनुभव हाम्रो अगाडि छ—अस्थिर सरकारबाट देशले सही दिशानिर्देश पाउँदैन। त्यसैले अब बन्ने संसद “दलको बहुमतको सरकार” का लागि होइन, “असल पात्रहरूको संसद” निर्माणका लागि हुनुपर्छ भन्ने कुरामा द्विविधा नराखौँ।
नयाँ दलहरूले आजैदेखि एकल पार्टीको बहुमत ल्याउने र एकल सरकार बनाउने मोह त्यागेर सामूहिक राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ। हिजोका पुराना दलहरूले देखाएको जस्तो सत्ताको लोभमा विचारहीन गठबन्धन बनाउने र पछि मनपरी शासन गर्ने गल्ती दोहोर्याइयो भने पुराना र नयाँ दलबीच कुनै तात्विक भिन्नता रहने छैन। त्यस्तो अवस्थामा व्यक्तिमात्र फेरिन्छ, तर प्रणाली, शासन शैली र नागरिकको जीवनस्तर फेरिँदैन।
बाह्य शक्तिको प्रभावको नाममा आज जे आरोपहरू लगाइन्छन्, तीमा आधार छैन भन्न पनि सकिँदैन। तर यदि विदेशी चलखेल वास्तवमै छ भने यसको जिम्मेवार हिजो सत्तामा बस्ने दलहरू नै हुन्। त्यसैले आगामी निर्वाचनमा विदेशी प्रभावलाई निम्त्याउने त्यस्ता दललाई कमजोर बनाउनु पहिलो दायित्व हुनुपर्छ।
यस सन्दर्भमा एउटा महत्वपूर्ण आग्रह—जो जहाँबाट उठ्छन्, त्यहाँ रहेका असल पात्रलाई सहयोग गर्ने संस्कार विकास गरौँ। उदाहरणका लागि नेपाली कांग्रेसका सुनिल शर्मा, चन्द्र भण्डारी जस्ता असल छवि भएका नेताहरू जहाँबाट उठ्छन्, त्यहाँ नयाँ दलहरूले अनावश्यक प्रतिस्पर्धा गर्दै मत विभाजन गराउनु हुन्न। यदि प्रतिस्पर्धा नै गर्नुपर्छ भने कम्तीमा तिनीहरूभन्दा कमजोर पात्र उठाएर असल व्यक्तिलाई संसदसम्म पुग्ने मार्ग खुला गरिदिऔँ। किनकि संसद असलपात्रविहीन बन्यो भने फेरि पनि स्वार्थी नेतृत्वको हातमा देश खेलिन जान्छ।
यसैले नयाँ दलहरूले उम्मेदवार छनोटको चरणदेखि नै देश र जनताको भविष्य सोचेर कदम चाल्नुपर्छ। व्यक्तिगत स्वार्थ, दलगत अहंकार र सत्ता लोभमाथि देशलाई राख्न सके मात्र नेपालले निकास पाउँछ। अन्यथा फेरि पनि निराशा, अस्थिरता र आरोप–प्रत्यारोपको चक्रमै मुलुक अल्झिरहनेछ।
नव राजनीतिमा लागेकाहरूबाट यस्तो बेथिति हुने छैन भन्ने आशा भरोसा राखिएको छ ।नवदलबादीहरूसँग यही विनम्र आग्रहका साथ बहुमतको लालसा होइन, असल पात्रको संसद निर्माणतर्फ अघि बढ्ने सद्बुध्दि पलाओस् । यही बाटो देश र नागरिकको मुहार बदल्ने वास्तविक मार्ग हो।

भद्रपुर -८ झापा हाल:तमिलनाडु, भेल्लोर gi*********@gm***.com

44 thoughts on “‘ दल भन्दा माथि देश ‘”
  1. Sự hài lòng của khách hàng là kim chỉ nam cho mọi hoạt động của OK 9. Đội ngũ chuyên viên tư vấn tại ok9com được đào tạo bài bản, sẵn sàng hỗ trợ giải đáp mọi thắc mắc của người chơi 24/7 thông qua đa dạng kênh liên lạc. Khi gặp bất cứ vấn đề gì, bạn chỉ cần kết nối với nhà cái OK9 để được xử lý một cách chuyên nghiệp và tận tình nhất.

  2. **glycomute**

    glycomute is a natural nutritional formula carefully created to nurture healthy blood sugar levels and support overall metabolic performance.

  3. **neuro sharp**

    neurosharp is a next-level brain and cognitive support formula created to help you stay clear-headed, improve recall, and maintain steady mental performance throughout the day

  4. **ignitra**

    ignitra is a thoughtfully formulated, plant-based dietary supplement designed to support metabolic health, balanced weight management, steady daily energy, and healthy blood sugar levels as part of a holistic wellness approach.

  5. **gl pro**

    gl pro is a natural dietary supplement formulated to help maintain steady, healthy blood sugar levels while easing persistent sugar cravings. Instead of relying on typical drug-like ingredient

  6. **mitolyn**

    mitolyn is a carefully developed, plant-based formula created to help support metabolic efficiency and encourage healthy, lasting weight management.

  7. **finessa**

    finessa is a natural supplement made to support healthy digestion, improve metabolism, and help you achieve a flatter belly. Its unique blend of probiotics and nutrients works together to keep your gut balanced and your body energized

  8. **biodentex**

    biodentex is an advanced oral wellness supplement made for anyone who wants firmer-feeling teeth, calmer gums, and naturally cleaner breath over timewithout relying solely on toothpaste, mouthwash, or strong chemical rinses.

  9. **provadent**

    provadent is a recently introduced oral wellness supplement thats been receiving positive attention from everyday users as well as dental experts.

  10. **femipro**

    femipro is a dietary supplement developed as a natural remedy for women facing bladder control issues and seeking to improve their urinary health.

  11. **prodentim**

    prodentim is a distinctive oral-care formula that pairs targeted probiotics with plant-based ingredients to encourage strong teeth, comfortable gums, and reliably fresh breath.

  12. 79KING là thương hiệu cá cược trực tuyến hàng đầu châu Á, nổi bật với công nghệ bảo mật hiện đại, kho trò chơi đa dạng và tỷ lệ cược cực hấp dẫn. Tại Việt Nam, ajagaqa.za.com mang đến trải nghiệm cá cược mượt mà, nạp rút linh hoạt, nhanh chóng và hoàn toàn an toàn.

  13. Cakhiatv đang nổi lên như là một trang web trực tiếp bóng đá được yêu thích hàng đầu Việt Nam và khu vực. Bởi dù chỉ mới xuất hiện cách đây không lâu, chúng tôi đã đáp ứng số lượng người truy cập website xem bóng đá trực tuyến mỗi ngày vô cùng lớn.

  14. **nervecalm**

    nervecalm is a high-quality nutritional supplement crafted to promote nerve wellness, ease chronic discomfort, and boost everyday vitality.

  15. Cakhiatv trang web phát sóng trực tiếp bóng đá hàng đầu, mang đến cho người hâm mộ trải nghiệm xem bóng đá không gián đoạn và không quảng cáo. Với danh sách rộng lớn các trận đấu từ các giải đấu hàng đầu trên thế giới, Cakhia TV đảm bảo rằng bạn sẽ không bao giờ bỏ lỡ bất kỳ trận cầu quan trọng nào.

  16. **blood armor**

    BloodArmor is a research-driven, premium nutritional supplement designed to support healthy blood sugar balance, consistent daily energy, and long-term metabolic strength

  17. **mounjaboost**

    MounjaBoost next-generation, plant-based supplement created to support metabolic activity, encourage natural fat utilization, and elevate daily energywithout extreme dieting or exhausting workout routines.

Leave a Reply

Your email address will not be published. Required fields are marked *