
झापासहित देशका ४३ जिल्लामा डाक्टर पुनको निरन्तर यात्रा । यात्राको ४८५ दिनमा हालसम्म २ लाख २५ हजार बढी पुस्तक बिक्री र १२ करोडभन्दा बढी रकम राष्ट्रिय आविष्कार केन्द्रमा लगानी।
भद्रपुर २५, साउन / बन्द अवस्थामा रहेको कृषि औजार कारखाना, वीरगन्जबाट पुनः कृषि यन्त्रहरू उत्पादन गरेर किसानलाई बिक्री वितरण सुरु भएको छ । २९ वर्षपछि राष्ट्रिय आविष्कार केन्द्रले बन्द रहेको कृषि औजार कारखानाबाट पुनः कृषि यन्त्रहरुको उत्पादन गरेर किसानलाई बिक्री वितरण सुरु गरेको बताएको छ। कृषि औजार कारखानाबाट उत्पादित कृषियन्त्रमध्ये अहिले हातले धान रोप्ने मेसिनको माग बढी देखिएको छ।
नेपाली किसानहरुका लागि कृषि यन्त्र उत्पादन गरेर बिक्री वितरण गर्दै आएको कृषि औजार कारखानालाई २०५३ जेठ १७ देखि निजीकरण गर्ने निर्णय गर्दै तत्कालीन अवस्थामा कारखाना बन्द राखे निर्णय लिएको थियो। बन्द गरिएको देशको एक मात्र कृषि औजार कारखानालाई पुनः सञ्चालनमा ल्याउनका लागि सरकारले २०७९ माघ १ देखि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा लगाउने निर्णय गरेको थियो। राष्ट्रिय आविष्कार केन्द्रको वैज्ञानिक टोलीले जिम्मा लिएको २८ महिनापछि उद्योगबाट उत्पादन सुरु भएको हो।

कृषि औजार कारखानाबाट उत्पादन गरिएका हातले धान रोप्ने मेसिन चितवनका किसानलाई बिक्री गरिएको राष्ट्रिय आविष्कार केन्द्र वीरगन्जका प्रमुख तथा इन्जिनियर रितेश देवले बताउनुभयो । हातले धान रोप्ने एउटा मेसिनको मूल्य २१ हजार पाँच सय रहेको छ। त्यसबाहेक हातले चलाउने धान रोप्ने राइस प्लान्टर १५ वटा मेसिन तयार गरी बिक्रीका लागि राखिएको बताइएको छ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक सामाजिक अभियन्ता डा. महावीर पुन आफ्नो आत्मकथा ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’,- पुस्तक बेचेरै बीरगंज स्थित कृषि औजार कारखानालाई जीवन्त पार्नुभएको हो। उहाँ अहिले झापा जिल्लाको विभिन्न स्थानीय तहहरूमा पुगेर पुस्तक बिक्री गर्दै हुनुहुन्छ। आज भोलि उहाँ झापाको सदरमुकाम भद्रपुरमा हुनुहुन्छ।
उहाँ युवाहरूलाई जागृत गराउने उद्देश्यका साथ पुस्तक विक्री अभियानको क्रममा शुक्रवार भद्रपुर आइ पुग्नु भएको हो। विर्तामोडमा १९ दिन किताब बेचेर उहाँ अहिले भद्रपुरमा हुनुहुन्छ ।

किताब विक्रीबाट आएको रकम उहाँले आविष्कार केन्द्र र वीरगञ्ज कृषि औजार कारखानामा खर्च गर्दै आउनु भएको छ । भद्रपुरको एयरपोर्ट होटलबाट उहाँले भद्रपुरको किताब यात्रा सुरु गर्नु भएको विक्री अभियानमा सम्बद्ध प्रतिष्ठित व्यवसायी दिपेश ढकालले बताउनुभयो।
पुनले हालसम्म देशका ४३ जिल्लाको भ्रमण गरिसक्नु भएको छ । उहाँका अनुसार अहिलेसम्म २ लाख २५ हजार पुस्तक बिक्रीबाट खर्च कटाएर संकलित१२ करोड बढी रुपैयाँ कृषि औजार कारखानामा लगानी भइसकेको छ।
Your blog is a shining example of excellence in content creation. I’m continually impressed by the depth of your knowledge and the clarity of your writing. Thank you for all that you do.
Your blog is a true gem in the world of online content. I’m continually impressed by the depth of your research and the clarity of your writing. Thank you for sharing your wisdom with us.
Nơi quy tụ những pha “gáy sớm” huyền thoại và những chất kích thích chất lượng cao. Vào là dính, xem là mê, chơi là cực cháy. Hóng bóng cười mà không ghé nơi mua bánMa túy giao hàng nhanh là thiếu muối đấy!
I visited several blogs except the audio quality for aydio
songs current at this web site is genuinely excellent. https://Glassi-info.blogspot.com/2025/08/deposits-and-withdrawals-methods-in.html