• Sun. Sep 8th, 2024

झापा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रज्वल राई निर्विरोध निर्वाचित

BySaptahik Samachar

२३ बैशाख २०८०, शनिबार १७:५८ २३ बैशाख २०८०, शनिबार १७:५८ २३ बैशाख २०८०, शनिबार १७:५८

भद्रपुर २३ वैशाख / झापा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रज्वल राई निर्विरोध निर्वाचित हुनुभएको छ। वैशाख २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिएको मध्ये प्रत्यासी खड्कवहादुर लिम्बूले उम्मेदवारी फिर्ता लिएपछि राई निर्विरोध निर्वाचित हुनुभएको हो।
निर्वाचन कार्यक्रम अनुसार शनिबार आज उम्मेदवारी फिर्ता लिने कार्यक्रम थियो। सोही कार्यक्रम अनुसार अध्यक्षका उम्मेदवार लिम्बूसंगै वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी दिएका सुरज साह कसेरा र महासचिव पदका उम्मेदवार रविशंकर भट्टराई-पवनले पनि नाम फिर्ता लिनुभएको छ। प्रत्यासी कसेरा र भट्टराईले मनोनयन फिर्ता लिए पछि वाणिज्य उपाध्यक्षमा सञ्जयकुमार श्रेष्ठ तथा महासचिवमा सुमन्त मैनाली पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ। अध्यक्षमा सर्वसम्मत निर्वाचित राई अघिल्लो कार्यसमितिमा एसोसिएट तथा बस्तुगत उपाध्यक्ष हुनुहुन्थ्यो।

यो संगै झापा उद्योग वाणिज्य संघको सवै पद सर्वसम्मत भएको छ। मनोनयन पत्र दर्ताकै दिन
अन्य पदमा आवश्यक पद संख्या अनुसार उम्मेदवारी पर्दा वरिष्ठ उपाध्यक्षमा राजकुमार राई,एसोसिएट तथा बस्तुगत उपाध्यक्षमा वावुराम पराजुली र महिला उपाध्यक्षमा सीता ढकाल तथा कोषाध्यक्षमा पवन श्रेष्ठ सर्वसम्मत भइसक्नु भएको छ।
त्यस्तै चार जना महिला सदस्यमा चार जना मात्रै क्रमशः दिलकुमारी राई, अनिता कार्की, रूक्मिणी चौहान र मुना दाहाल तथा ७ जना खुला सदस्यमा पनि सात जनाले मात्रै मनोनयन दर्ता गराएका थिए । त्यसरी दर्ता गर्नेहरूमा अम्विका पोखरेल, अरूण कुमार मित्रुका, सिंह वीर लिम्बू-अनिल, सागर घिमिरे, ज्ञानबहादुर राई, विक्की शाह कल्वार र कविन राई हुनुहुन्छ। झापा उद्योग वाणिज्य संघको सवै पद निर्विरोध भए पनि निर्वाचन समितिले घोषणा गर्न भने बाँकी रहेको कार्यालय प्रमुख दुर्गाप्रसाद खतिवडाले साप्ताहिकलाई जानकारी दिनुभयो ।

13 thoughts on “झापा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रज्वल राई निर्विरोध निर्वाचित”
  1. I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

  2. I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

  3. This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!

  4. naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

Leave a Reply

Your email address will not be published. Required fields are marked *