भद्रपुर २०, साउन / अन्तर्राष्ट्रिय झापाली समाजले प्रेस क्लब-भद्रपुरलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।
प्रेस क्लब–भद्रपुरको १५ औं स्थापना दिवसको अवसरमा यही साउन १६ गते समाजका अध्यक्ष मुकुन्द ढुंगानाले शुभकामना सन्देश मार्फत सो सहयोगको घोषणा गरेका हुन् ।
पारिवारिक सदस्य एवम् पत्रकार राजेश ढुंगानाका अनुसार, आगामी भदौमा उक्त सहयोग रकम क्लबलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।